२०८२ फाल्गुन १९ गते मङ्गलवार | 2026 March 3rd Tuesday

दूतावास वरपर अनावश्यक भीड नगर्न सेवाग्राहीलाई आग्रह

"अत्यावश्यक भए बिहान ८ बजे मात्र आउनु"

दोहा । नेपाली राजदूतावास, दोहाले कार्यालय समयअघि दूतावास परिसर तथा वरपर अनावश्यक भीडभाड नगर्न सेवाग्राहीहरूलाई आग्रह गरेको छ।

राजदूतावासले जारी गरेको सूचनामा बिहान ५ बजे देखि नै सेवाग्राहीहरू कार्यालय परिसर वरपर जम्मा हुने, सवारीसाधन पार्क गर्ने, ठूलो स्वरमा कुराकानी गर्ने जस्ता गतिविधिका कारण असहजता सिर्जना भइरहेको जनाइएको छ।

यस प्रकारका गुनासोहरू बारम्बार प्राप्त भएपछि दूतावासले सम्पूर्ण सेवाग्राहीलाई कार्यालय समयमै उपस्थित भई मात्र सेवा लिन अनुरोध गरेको हो। सूचनामा भनिएको छ, “छिटो आउने आवश्यक भए पनि बिहान ८:०० बजे मात्र पुग्नु हुन, र सेवा लिने सम्बन्धित सेवाग्राही मात्र उपस्थित भईदिनुहुन एवं कार्यालय आसपास लामो समयसम्म अनावश्यक रुपमा बस्ने कार्य नगरिदिनु हुन जानकारीको लागि अनुरोध छ”

स्रोत: नेपाली राजदूतावास, दोहा, कतार

प्रकाशित मिति : २०८२ कार्तिक २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस