२०८२ फाल्गुन २९ गते शुक्रवार | 2026 March 13th Friday

दोहामा फहराए विश्वकप २०२२ का बत्तिसै देशको झण्डा

दोहा :कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ का लागि छनोट भएका ३२ देशको झण्डा फहराईएको छ ।

प्लेअफबाट छनोट भएका वेल्स, अष्ट्रेलिया र कोस्टारिका गरी तीन राष्ट्रको झण्डा थपेर फिफा विश्वकप कतार २०२२ का लागि छनोट भएका देशको झण्डा फहराइको हो ।

डिलिवरी र लिगेसीको लागि सर्वोच्च समितिले विश्वकपका लागि छनोट भएका ३२ देशको झन्डा दोहा कर्निचेमा एक कार्यक्रमको आयोजना गरि फहराइको हो ।

सुप्रीम कमिटी फर डिलिवरी एण्ड लिगेसीका महासचिव हसन अल थावादी, फिफा विश्वकप कतार २०२२ एलएलसीका सीईओ नासेर अल खाटर, कतार फुटबल संघका महासचिव मन्सुर अल अन्सारी, टूर्नामेंटका प्रमुखको उपस्थितिमा झन्डा फहराईएको हो ।
​कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ ।कतार विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ ।

नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ ।

प्रकाशित मिति : २०७९ असार ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस