२०८२ फाल्गुन १७ गते आइतवार | 2026 March 1st Sunday

नवौं स्थापना दिवसमा केक काट्ने चलनको अन्त्य गर्दै बालियो दियो

दोहा : संखुवासभा समाज कतारले आफ्नो नवौं स्थापना दिवस बनभोज कार्यक्रम एवंम विविध साँस्कृतिक तथा साहित्यक कार्यक्रम कतारको ओक्रा बिचको समुन्द्री तटमा भब्य र सब्य रुपमा सम्पन्न गरेको छ ।

समाजले ९औ स्थापना दिवसमा ” संस्थाको लोगो तथा ब्यानर राखेर केक काट्ने चलनलाई अन्त्य गर्दै ९ बर्षको ९ वटा दियो बालेर मनाइएको हो ।

कार्यक्रमको मुख्य आकर्षण स्थानीय कलाकारहरूका प्रस्तुतिहरू थिए। उनीहरूले आफ्नो कलामार्फत संखुवासभाको संस्कृति र पहिचानलाई प्रस्तुत गरेका थिए। जसले उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरे ।

कार्यक्रममा सहभागीहरूले स्थानीय खानाको स्वाद लिँदै एकअर्कासँग भलाकुसारी गर्ने अवसर पाएका थिए।

कार्यक्रममा बोल्दै संखुवासभा समाज कतारका अध्यक्ष राजेन्द्र खनाल ले संस्थाको स्थापनाको उद्देश्य र यसले समाजमा पुर्‍याएको योगदानबारे बोलेका थिए । उनले संस्थाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रममा उपस्थिति जनाएर सफल पार्ने सम्पुर्णमा आभार प्रकट गरे ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष पदम कुमार घिमिरेले समाजले गरेका सामाजिक कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्न सुझाव दिएका थिए।

संस्थाका महासचिव पदम सिम्खडाले सहजीकरण गरेको कार्यक्रमलाई स्वागत मन्तव्य सहित संखुवासभाको छोटाे चिनारि प्रथम उपाध्यक्ष बिरेन मादेन लिम्बुले गरेका थिए ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहयोगि मनहरुलाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गरिएको थियोे ।

त्यसैगरि सम्पूर्ण संस्थाका अग्रज ब्याक्तित्वहरुलाई सम्झदै कतारमा हुनुहुने सस्थापक ज्युहरु पर्शुराम दाहाल , चुडामणि कार्की , तेज मुक्तान तामाङ, अर्जुन कार्की , ज्ञानु राई तथा मानार्थ सदस्य सागर नेपाल लाइ सम्मान पत्र मायाको चिनो तथा दोसल्ला ओडाएर सम्मानित गरिएको थियो ।

कार्यक्रममा संस्थापक सल्लाहकार संयोजक नरेश श्रेष्ठ सल्लाहकार दान बहादुर पराजुली, अध्यक्ष लोक बहादुर राई,उपाध्यक्ष खगेन्द्र कार्की, महासचिव दोर्न कार्की , संस्थापक सदस्यहरु सजन श्रेष्ठ, पदम तामाङ, मनोज कार्की, शिव दाहाल , बिकास कार्की , युवराज कालाखेती , क्षत्र बहादुर राई र इन्दा राई लाई विशेष सम्झना गरिएको थियो ।

“संखुवासभालिको पहिचान बिश्व सामु चिनाउने हाम्रो अभियान” भन्ने मुल नाराका साथ सन : २०१६ मा स्थापना भएको समाजको कार्यक्रममा संखुवासभाका स्थानीयबासीहरूको बाक्लो उपस्थिति रहेको थियो।

 

 

 

प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस