२०८२ फाल्गुन २९ गते शुक्रवार | 2026 March 13th Friday

नेपाली एक्सपाट ग्रुप कतारले गर्यो वृक्षरोपण कार्यक्रम

दोहा,

मिनिस्ट्री अफ एभारुमेंट अन्तर्गतको दोहा इन्भारोमेंटल एक्सन प्रोजेक्ट को सहकार्यमा सामाजिक संजाल बाट एकीकृत भएका नेपाली एक्सपाट ग्रुप द्वारा वृक्षरोपण कार्यक्रम सम्मन भएको छ l

दोहामा सयौको सख्यामा सामाजिक सस्था भएता पनि कतार सरकारको सहकार्यमा स्थानीय सस्था संग मिलेर यसरी काम गरेको बिरलै देख्न पाहिन्छ l दुई महिना पहिला मात्र एकीकृत भएको एउटा नेपाली ग्रुपले उक्त कार्यक्रम गरेको हो l

कतार सरकारले २०२२ मा धेरै भन्दा धेरै बृछ्यारोपन कार्य गरि हरियाली ” गो ग्रीन ” बनाउने योजना बनाइ कतारमा बस्दै आएका सबै देशका नगरिकहरु लाई आबद्द हुन आग्रह गरेको छ l

कार्यक्रममा अन्य देशको नागरिक हरुको बाक्लो उपस्थित साथै नेपाली एक्स्पर्ट ग्रुपका एड्मिन अम्बिका पौडेल को समन्वयमा सात  जना क्रमश कपिल भारती, कबिन्द्र कडेल, सुकदेब खड्का, कबिता खत्री , राम हरि खत्री र देब कुमार दुवाडीको उपस्थिती थियो l

May be an image of 6 people, people standing and sky
उपस्थितहरुले नेपाली ग्रुप पनि यो समारोहमा सहकार्य गरेको मा खुसी ब्यक्त गर्दै आउने दिन मा यस्ता अन्य समारोह मा पनि उपस्थित हुन आग्रह गरेको थियो l
नेपाली हरुको अत्यन्तै कम उप्स्थिती भएता पनि सय रुख रोप्ने समारोहमा तिस  भन्दा बढी रुख रोप्न सफल भएका थिए l

प्रकाशित मिति : २०७९ कार्तिक ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस