२०८२ फाल्गुन १२ गते मङ्गलवार | 2026 February 24th Tuesday

नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

दोहा : नेपाली महिला समाज कतारको आयोजनामा बृहत “रक्तदान कार्यक्रम ” सम्पन्न भएको छ ।

समाजले आज शुक्रबार “११५ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर, नेपाली रक्तदाता संघ कतारको समन्वयमा “बृहत रक्तदान” कार्यक्रम सम्पन्न गरेको हो ।

“रक्तदान कार्यक्रममा  १७५ जनाको उपस्थिति रहेको थियो । जसमध्ये रक्तदानको लागि ८२ जनाले नाम दर्ता गराएका थिए । नाम दर्ता गरेका मध्ये ५० जनाले रक्तदान गर्न सफल भएका थिए । विविध कारणबस ३२ जनाले रक्तदान गर्ने अवसरबाट वञ्चित भएको जानकारी रक्तदाता संघ कतारका अध्यक्ष रामजि खत्रीले जानकारी गराए ।

समाजले गरेको “रक्तदान जस्तो पुन्य कार्यमा नेपाली राजदूतावास कतारका राजदूत रमेशचन्द्र पौडेल सहित कतारमा स्थापित वैचारिक संगठनका प्रमुख तथा प्रतिनिधि, सामुदायिक, सामाजिक, सांगीतिक संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, कलाकारहरूसहित कतारमा रहेका नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो ।

कतार स्थित हमाद हस्पिटलको राष्ट्रिय रक्तदान केन्द्रमा, रक्तदान गरौं, जीवनदान गरौं” भन्ने मुख्य नाराका साथ आयोजित कार्यक्रममा समाजका अध्यक्ष माया के.सी ले कार्यमा सहभागी सबै रक्तदाताहरूलाई प्रशंसा पत्र प्रदान गर्दै धन्यवाद व्यक्त गरिन ।

रक्तदान कार्यक्रम बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चलेको थियो। पहिलो रक्तदाता मोरङसुनसरी सेवा समाज,कतारका उपाध्यक्ष लिलानाथ घिमिरे र अन्तिम रक्तदाता तामाङ समाज कतारबाट गंगा बहादुर मोक्तान रहेका थिए ।

नेपाली महिला समाजको चाहना, एकता र सहयोगको बिशुद्ध सामाजिक भावना” भन्ने मुल नाराका साथ सन : २०१२ मा स्थापना भएको संस्था, कतारमा रहेका नेपाली दिदीबहिनी हरूको साझाँ सस्थांको रुपमा रहेको छ ।

महिला समाज कतारले प्रवासमा रहेका विभिन्न महिला दिदीबहिनीहरूका समस्याका समाधानका साथै सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।

 

 

प्रकाशित मिति : २०८१ फाल्गुन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस