२०८२ चैत्र २ गते सोमवार | 2026 March 16th Monday

नेपाली महिला समाज कतारले महिला स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम गर्दै

दोहा जुन १४ – नेपाली महिला समाजको चाहना एकता र सहयोगको विशुद्ध समाजिक भावना भन्ने मुल नाराका साथ २०६९ मा स्थापना भएको नेपाली महिला समाज कतारको आयोजना तथा एनआरएनए ग्लोबल नेपाली हेल्थ टिमको सहकार्यमा महिला स्वास्थ सम्बन्धि सचेतना कार्यक्रम गर्ने भएको छ।

कतारमा कार्यरत नेपाली महिला दिदिबहिनीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै समाज कतार द्वारा अगामी जुन १७ तारीख शुक्रबारका दिन भर्चुअल ( जुम) मार्फत सो कार्यक्रम गर्न आयोजना गर्न लागेको समाजकी अध्यक्ष सरिता भण्डारी पौडेलले जानकारी गराईन


समाज कतारले एक विज्ञप्ती जारी गर्दै कतारमा बसोबास गर्ने सम्पूर्ण नेपाली महिला दिदिबहिनीहरुलाई कार्यक्रममा सहभागी हुन अपिल गरेको छ।

कार्यक्रम हुने मिति र समय
मिति- १७ जुन २०२२ शुक्रबार
समय- बेलुकी ७:१५ बजे देखि कतारी समय
जुम मिटिङ्ग आईडी- 87051346485
पासवोर्ड- २०२२

प्रकाशित मिति : २०७९ जेष्ठ ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस