२०८२ फाल्गुन २० गते बुधवार | 2026 March 4th Wednesday

नेपाली व्यवसायी संघ कतारद्वारा बैदेशिक रोजगार लगायत बिषयमा छलफल

दोहा-नेपाली व्यवसायी संघ कतारले बैदेशिक रोजगार बोर्ड सँग बैदेशिक रोजगार लगायत विविध बिषयमा छलफल गरेको छ।

नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईको नेतृत्वमा नेपाल गएको एक प्रतिनिधिमण्डलले नेपाली व्यवसायी संघ कतार र बैदेशिक रोजगार बोर्ड बीच बैदेशिक रोजगार लगायत विविध बिषयमा छलफल तथा भेटघाट गरेको हो।

प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको भ्रमण गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सचिव एक नारायण अर्याल तथा  वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक, डा. द्वारिका उप्रेतिसँग शिष्टाचार भेटघाट सम्पन्न गरेको हो।

त्यसै गरी आजै  नेपाली व्यवसायी संघ कतारको सोही प्रतिनिधिमण्डलले वैदेशिक रोजगार विभागका महानिर्देशक   उमाकान्त आचार्यसँग पनि भेटघाट गरेको छ ।

उक्त अवसरमा संघका अध्यक्ष महेन्द्र चौलागाई, उपाध्यक्ष नरेन्द्र भाट तथा सचिव सुनील कुमार घिमिरे लगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस