२०८२ फाल्गुन २८ गते बिहिवार | 2026 March 12th Thursday

नेवा पुचःकतारको आयोजनामा होली मिलन एवम वनभोज कार्यक्रम सम्पन्न

दोहा-नेवा पुचःकतारले होली मिलन तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ।

नेवा पुच:कतारले अल दोसरी पार्कमा फागु पूर्णिमाकाे अवसरमा शुक्रबार शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम सम्पन्न गरेको हो।

नेवा पुच कतारका अध्यक्ष राजु महर्जनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवीलगायतकाे उपस्थिति रहेकाे थियाे ।

“आफ्नो पर्व आफ्नो पहिचानका लागी नेवारी एकता,भाषा भेषभुषा तथा संस्कृतिको संरक्षण आजको आवश्यकता”भन्ने मुल नाराका साथ कतारमा स्थापना भएको संस्थाले कार्यक्रममा नेवारी संस्कृति झल्कने कुमारी नृत्य धिमेबाजा,नेवारी नृत्य प्रस्तुत गरेको थियो।

प्रकाशित मिति : २०७९ फाल्गुन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस