२०८२ फाल्गुन २२ गते शुक्रवार | 2026 March 6th Friday

पर्वत जलजला समाज कतार र आर्थर डाँडाखर्क समाज कतारले २३ जनवरीमा रक्तदान  कार्यक्रम  गर्ने 

 दोहा । पर्वतजलजला समाज कतार र आर्थर डाँडाखर्क समाज कतारले  नेपाली रक्तदाता सङ्घ कतारको समन्वयमा रक्तदान कार्यक्रम गर्ने भएको छ।

 

रक्तदान कार्यक्रम  जस्तो मानवीय कार्य आउने २३ जनवरी  २०२६ का दिन बिहान ८ बजेदेखि हमाद मेडिकल कर्पोरेसनको ब्लड डोनेसन  हलमा हुने जानकारी जलजला  समाजका   अध्यक्ष  देवराज कार्कीले दिएका छन्।

 

रक्तदान आफैमा एउटा पुण्यको काम हो । प्रत्यक्ष पुण्य कमाउनको लागी रक्तदान भन्दा ठुलो अर्को कुनै उपाय छैन । पिडामा मृत्यसंग लडिरहेका मानिसहरुको जीवन रक्षा गर्नु हाम्रो कर्तब्य हो । आफ्नो सानो सहयोगले बिपतमा परेकाहरुको जीवन रक्षा जस्तो मानवीय कार्य गर्न पाउनु आफैमा गौरवको कुरा हो । यसै अनुरुप जीवन जोखिममा रहेका मानिसहरुको रक्षाको लागी मानवीय कार्यलाई अगाडी सार्दै समाजले   रक्तदानको कार्यक्रमको आयोजना गर्न लागेको हो  ।

 

स्मरण रहोस रक्तदान गर्न आउने दाताहरुले निम्न कुराहरुलाई ख्याल गर्नु पर्ने छ । रक्तदाताले आफ्नो परिचय पत्र लाइसेन्स वा हेल्थ कार्ड साथमा लिएर आउनु पर्ने छ । बाहिरको मुलुकबाट कतार प्रवेश गरेको ६ महिना र अघिल्लो पटक रक्तदान गरेको २ महिना पुगेको हुनु पर्ने छ । एन्टिबायोटिक या अन्य औषधि प्रयोग नगरेको साथै २४ घण्टा भित्र मदिरा सेवन गरेको हुनु हुदैन । रक्त दान गर्दा खाली पेटहुनु हुदैन भने रक्तचाप तथा अन्य मापदण्ड रक्त संकलन टोलीले निर्धारण गरे बमोजिम हुने छन् । त्यसै गरि दाताको उमेर १८ देखि ६५ बर्षको भित्र रहनु पर्नेका साथै ५० किलो ओजन हुनु आवस्यक छ ।

 

 रक्तदान कार्यक्रममा कतारमा रहका सम्पूर्ण नेपाली दाजुभाईदिदीबहिनीहरु लगाएत कतारमा स्थापित नेपाली समुदायका प्रमुख तथा प्रतिनिधिहरु, सदस्यहरु, पेशागत ब्यबसायीहरु, बुद्दिजीवी, समाजसेवी, पत्रकार लगाएत सबैलाई यस पुण्य कार्यमा सहभागी भई सहयोग गरिदिन आयोजकले  हार्दिक अपिल गरेको छ  ।

 रक्तदान कार्यक्रममा सहभागी हुन चाहने कसैलाई पनि बिस्तृत जानकारी चाहिएको खण्डमा  पर्वत जलजला समाज कतार र आर्थर डाँडाखर्क समाज कतारसंग आबद्द पदाधिकारीहरुसंग सम्पर्क गर्न सकिने छ ।

प्रकाशित मिति : २०८२ पुष ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस