२०८२ चैत्र १ गते आइतवार | 2026 March 15th Sunday

प्रवासी भुजेल समाज कतारले आफ्नो १२औँ स्थापना दिवस मनाउदै

दोहा :प्रवासी भुजेल समाज कतारले आफ्नो १२औँ स्थापना दिवस तथा चेलीबेटी भेटघाट कार्यक्रम गर्ने भएको छ ।

“भुजेल जातिको बिकास र उन्नतिको आधार सास्कृतिक चेतना शिक्षा र रोजगार ” भन्ने मुल नाराका साथ कतारमा सन : २०१० देखि स्थापना भएको समाजले आफ्नो १२ औ स्थापना दिवस तथा चेलिबेटी भेटघाट कार्यक्रम गर्ने भएको हो ।

कतारको ग्रान्ड मल स्थिती एसियन रेस्टुरेनको सभाहलमा आगामी ९औ सेप्टेम्बर शुक्रबारका दिन कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष युवराज भुजेलले जानकारी दिएका छन।

भुजेलले कार्यक्रममा कतारमा कार्यरत भुजेल दाजुभाइ तथा दिदिबहिनी साथै गैर भुजेल दाजुभाइ दिदिबहिनीहरुलाई पनि उपस्तिथिको लागि अनुरोध समेत गरेका छन।

प्रकाशित मिति : २०७९ भाद्र २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस