२०८२ फाल्गुन २२ गते शुक्रवार | 2026 March 6th Friday

विश्व मानवता दिवसको अवसरमा कतारमा रक्तदान कार्यक्रम हुने

दोहा-विश्व मानवता दिवसको अवसरमा कतारमा रक्तदान कार्यक्रम हुने भएको छ ।

विश्व मानवता दिवसको अवसरमा नेपाली रक्तदाता संघ कतार र कतार रेड कृसन्ट (Qatar Red Crescent) को सहकार्यमा रक्तदान कार्यक्रम हुने भएको हो।

अगस्ट २० का दिन नेशनल म्युजियम नजिककै रहेको अल मिना स्ट्रीट गानम कदीम दोहामा हुने कार्यक्रममा  कतारमा स्थापित सम्पुर्ण नेपाली संघ-संस्था प्रमुख ,समाजिक अभियान्ता, पत्रकार साथै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई नेपाली रक्तदाता संघ कतारले अनुरोध गरेको छ।

दिनको ४ बजे देखि बेलुकी ८ बजे सम्म हुने कार्यक्रममा सहभागी हुने इच्छुकले

https://forms.gle/TYQhn7Fa1zCttsCi9

लिन्कमा गएर फारम भर्नु पर्नेछ।

फारम भर्ने अर्न्तिम मिति १७ अगस्ट २०२३ बिहान ११ बजे सम्म तोकिएको छ।

साथै रक्तदाताले रक्तदान गर्दा  ध्यानदिनु पर्ने कुराहरु निम्न लिखित छन :

१) रक्तदाता रक्तदान गर्न आउदा आफ्नो कतारी आइडि वा लाईसेन्स वा हेल्थाकार्ड अनिवार्य हुनुपर्ने ।
२) रक्तदाता कतार प्रवेश गरेको ६ महिना पुरा भएको हुनुपर्नेछ ३) रक्तदाताले यदि पहिले रक्तदान गरेको भए २ महिना (६०दिन) पुरा भएको हुनुपर्नेछ ।
४) रक्तदाता कम्तीमा ८ घन्टा सुतेको कुनैपनी एन्टिबायोटिक औषधि सेवन नगरेको, पछिल्लो २४ घन्टा भित्र मदिरापान सेवन नगरेको हुनुपर्नेछ ।
५) रक्तदाताको उमेर १८ देखि ६५ हुनुपर्नेछ र तौल कम्तिमा ५० केजी हुनुपर्नेछ  ।
६) रक्तदाताको रक्तचाप र अन्य मापदण्ड रक्त संकलन टोलीमा खटिएका स्वास्थकर्मी बाट निर्धारण गरे बमोजिम हुनेपर्नेछ ।

प्रकाशित मिति : २०८० साउन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस