२०८२ फाल्गुन २९ गते शुक्रवार | 2026 March 13th Friday

शब्दको सुरिलो डबली : कतारमा हुँदैछ १६३औँ रचना वाचन कार्यक्रम

दोहा, कतार

कतारमा नेपाली साहित्यप्रेमीहरूलाई उत्साहित गर्ने नियमित कार्यक्रम ‘रचना वाचन डबली’को १६३औँ संस्करण आउँदो अक्टोबर १०, २०२५ शुक्रबारका दिन सम्पन्न हुने भएको छ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारको संयुक्त आयोजनामा हुने कार्यक्रम मुन्तजास्थित गोर्खाली रेष्टुरेन्टमा दिउँसो १ बजे देखि ३ बजे सम्म सञ्चालन हुने बताइएको छ।

नियमित रूपमा प्रत्येक महिनाको दोस्रो शुक्रबार आयोजना हुँदै आएको यो डबलीले साहित्यप्रेमी र सिर्जनाकारहरूलाई एउटै मञ्चमा ल्याउने माध्यमका रूपमा आफूलाई स्थापित गरिसकेको छ। निर्धारित समयमा सुरु र समाप्त हुने अनुशासन, प्रत्येक पटक फरक संयोजक र विशिष्ट श्रोता रहने परम्परा यस कार्यक्रमको विशेषता रहँदै आएको छ।

यसपटकको डबलीमा विशिष्ट श्रोता सुरेन्द्र बस्नेत रहनेछन् भने कार्यक्रमको संयोजन प्रदीप दाहाल ‘विरोधी’ले गर्नेछन्।

आयोजक संस्थाहरूले कतारमा रहेका सबै नेपाली भाषा–साहित्यका साधक, सिर्जनाकार र रुचिकर्मीहरूलाई कार्यक्रममा उपस्थित भई रचनात्मक साझेदारी र साहित्यिक संवादको वातावरण सुदृढ गर्न आग्रह गरेका छन्।

साहित्यप्रेमीहरूका अनुसार, यस किसिमका कार्यक्रमहरूले विदेशी भूमिमा नेपाली भाषा र वाङ्मयलाई जिवन्त राख्ने प्रयासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन्।

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस