२०८२ फाल्गुन २३ गते शनिवार | 2026 March 7th Saturday

हङकङको समुन्द्रमा संचालित रेष्टुरेन्ट डुब्यो

दोहा – हङकङको पहिचान बनाएर तैरिरहेको जम्बो रेष्टुरेन्ट समुन्द्रमा डुबेको छ। ४६ वर्ष देखि विशाल पानी जहाजमा संचालित यो रेष्टुरेन्ट दक्षिण पश्चिम हङकङको एबर्डिनमा थियो।

सन्चालकले त्यहाँबाट अर्को ठाउँमा सार्ने क्रममा रेष्टुरेन्ट प्यारासेल टापु नजिक समुन्द्रमा डुबेको हो। रेष्टुरेन्ट १ हजार मिटर तल डुबेको र अब त्यसलाई उतार्न असम्भव रहेको एबर्डिनले जनाएको छ। एबर्डिनले मानविय कुनै क्षति नभएको प्रष्ट पारेको छ ।

सन् १९७६ को अक्टोबरमा खोलिएको यो रेष्टुरेन्ट ३ मार्च, २०२० देखि बन्द रहेको थियो। कोरोना महामारीका कारण बन्द हुनु अघि सन् २०१३ देखि नै यो रेष्टुरेन्ट घाटामा चले पनी प्रतिष्ठा बचाउन कै लागि सन्चालनमा ल्याईएको थियो । बेलायती महारानी एलोजावेथ द्वितीय, अमेरिकी पूर्व राष्ट्रपती जिम्मी कार्टर, टम क्रुज लगायतका विश्वका ३० लाख भन्दा बढी मानिस यो रेष्टुरेन्टमा पुगेको तथा थुप्रै भाषाका चलचित्रहरुको छायांकन पनि गरिएको थियो ।

प्रकाशित मिति : २०७९ असार ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस