२०८२ चैत्र २ गते सोमवार | 2026 March 16th Monday

३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ठकुरी सहयोग संजाल कतारले रक्तदान कार्यक्रम गर्दै

दोहा– ठकुरी सहयोग संजाल कतारले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ठकुरी सहयोग संजाल कतारले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो।

नेपाली रक्तदाता संघ कतारसँगको समन्वयमा जनवरी १७ तारिक शुक्रबारका दिन हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा रक्तदान कार्यक्रमको आयोजना गर्न लागीएको हो ।

बिहान ८ बजेबाट दिउँसो १ बजे सम्म चल्ने रक्तदान कार्यक्रममा कतारमा स्थापित वैचारिक, सामाजिक, व्यावसायिक, सामुदायिक साहित्यिक संघ संस्थासहित दोहावासी सम्पूर्ण नेपालीहरूलाई उपस्थिति भई रक्तदान गरि दिन आयोजकले अनुरोध गरेको छ।

“सभ्य भाषा,सभ्य संस्कृति हाम्रो पहिचान, शैक्षिक तथा आर्थिक समृद्धिको साथ सहयोग र स‌द्भाब सबैमा विश्वव्यापी हाम्रो अभियान” भन्ने मूल नाराका साथ सन २०१४ मा स्थापना भएको ठकुरी सहयोग संजाल कतारले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

प्रकाशित मिति : २०८१ पुष २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस