
दोहा। समाजको परिकल्पनामा बिषयगत समालोचनाको आलोचना गर्न सकिन्छ l यदि समालोचनाको आलोचना भएन भने त्यो समालोचना या त समय सापेक्ष छैन या त्यसको समाजमा प्रभाव परेको छैन भनेर समालोचकले बुझ्नेछ । एक समालोचकले समालोचना गरेको विषयलाई आलोचना गर्नेले त्यसको आलोचनाजसरी गरे पनि केहि न केहि शक्ति खर्च गरेको हुन्छ समालोचकको निम्ति शक्ति खर्च गर्नुलाई मैले सकारात्मक रुपमा लिएर आलोचकलाई मनमनै धन्यवाद दिने गर्दछु। आज मलाई शब्दावलीको लहरमा नै धन्यवाद दिन मन लाग्यो ।
विषय वा प्रसङ्ग पुरानो हैन, हाम्रो आफ्नै साझा संस्था “गैरआवासीय नेपाली संघ आईसीसी एकता कि विभाजन?” नामक समालोचनाको विषयमा दोहामा लगभग १९ बर्ष देखि अगिपछि रहदै बस्दै आएका दोहाको समाजमा तार्किक मन्तब्य राख्ने खरो टिप्पणी गर्न सक्ने क्षमताका धनि प्रिय ब्यक्तित्व नेपाल पत्रकार महासंघ कतार शाखाका पुर्व अध्यक्षले जसरी प्रश्न सहितको आलोचनात्मक लिखित आफ्नै वालमा राख्नु भएको छ, त्यो प्रति खुशी भएर मैले आफ्नो राय भन्दा नि आफ्नो तर्फबाट स्पष्ट पार्न खोजेको मात्रै हु ।
पाठकहरुले यसलाई शब्दजालको लडाई वा पुर्व अध्यक्षसंगको घोचपेच भनेर नबुझ्नु लहोला । करिमजिको समय सवाल र सदासायतालाई म धन्यवाद नदिरहन सक्दिन । त्यसको लागि उहाँले कति समय खर्चनु भयो,त्यो बिचारले उहाँलाइ कति दस्तक दियो सजिलै बुज्न सकिन्छ । उहाँ समाजको अग्रणि तथा चौथो अंगको दुई कार्यकाल नेतृत्वको भुमिका निर्वाह गरिसक्नु भएको ब्यक्तित्व हो ।
मेरो लेखले उहालाई तान्न सक्नु मेरो लागि खुशिको बिषय हो तर लेखकले लेख्यो छाप्नेले छापिदिए पछि पढ्न पाउछ भनेर जुन तिर मार्नु भएको छ त्यो तिरले पत्रकारहरुलाई नै हल्का बनाएको छ भन्ने मलाइ लाग्दछ । यदि म जस्तै कसैले चौथो अंगलाई त्यसरि लेख्न त परै जाओस कहिकतै छलफलमा बोलेको भए पनि मानहानी भयो भनेर वादविवाद को भुमरीमा फस्न सक्ने अवस्था हुन्थ्यो उहाँ आफैले लेख्नु भयो जसले गर्दा चौथो अङ्ग प्रति औंला उठाउन सहज बनाइदिनु भयो कि भन्ने लाग्दछ । यस बिसयमा शब्दको प्रयोग गर्न उहाँ अल्लि चुक्नु भयोकी जस्तो लाग्दछ । उहाँ जतिको ब्याक्तित्वले पत्रकारलाई त्यसरि होच्याउने सैलिले नबोलेको भए आफु आबद्द संस्था प्रति अरुको विश्वास बढाउने थियो भन्ने लाग्दछ ।
गैरआवासीय नेपाली संघ आइसिसि अहिले विभाजित अवस्थामा देखिएको छ । त्यो विभाजनको प्रभाव कतारमा परे पछि हामी पनि जटिल परिस्थितिबाट गुज्रन पर्ने अवस्था सिर्जना हुने देखेर नै एन सिसि कतारले जता मल्खु उतै ढल्कु नगर्ने संस्थालाई जिवन्त वनाउने पवित्र उदेश्य संस्थाको एकता, वैधानिकता र सुदृढ भविष्यका लागि चट्टान झै आइसिसिमा एकता नभए सम्म आफ्ना सदस्यहरुको आवेदन आफ्नै सिस्टममा र केन्द्रमा तिर्दै आएको सद्स्यता सुल्क पनि केन्द्र नमिलेसम्म केन्द्रमा नदिने रणनिति तयार गर्न खोज्नु बिभाजित मानसिकता हैन । केन्द्रलाई जोड्न दबाब दिने एउटा रणनीति हो भन्ने नबुजेर विभाजनलाई मलजल पुग्ने गरि समानान्तर समिति बनाउनेहरु नै साँचो अर्थमा एकता नचाहने हुन भनेर बुझ्न कन्जुस्याइ गर्नु हुन्दैन ।
म सत्य, प्रक्रिया र संस्थाको सम्मानमा विश्वास राख्छु, न कि शक्तिको प्रदर्शनमा संगठन सेवा गर्ने थलो हो, आफ्नो स्वार्थको रिहर्सल गर्ने स्टेज होइन। सदस्यता बनाउने र अदिबेसन गर्ने संस्था को नियमित प्रक्रिया हो । त्यसमा बाधा पुर्याउने वा भ्रम सिर्जना गर्ने प्रयासलाई सवैले बुझ्नु पर्दछ । एमआइ एस सिस्टम प्रयोग मा यस्तै बल मिचाइ देखिएको छ जहाँ जहाँ एन आर एन छ त्यहाँ त्यहाँ समाज तरङ्गगित छ । हाम्रो समाज तरङित नहोस् भनेर एनसीसीले फरक प्रणाली अपनाउन खोजेको मात्रै हो भनेर बुझ्ने हो भने परिस्थिति सहज छ हाम्रो समाजमा ।
अदालतको निर्णय मान्ने बिषयमा जून अक्टोबर सम्म भन्ने कुरा छ त्यो आफैमा गलत भाष्य हो अदालतले पुर्ण पाठ आएको एक महिनामा पहिलो वैठक बस्ने र पहिलो बैठक बसेको ६ महिना भित्र आइसिसिको अधिवेसन गराउने भनेर निर्देसनात्मक आदेश जारि गरि सकेपछि एउटा जिवन्त संस्थाको दैनिक कार्यको ६-७ महिनाको अवधिमा न रोकियोस भनेर काम चलाउ दिएको समितिलाई अक्टोबर सम्म दिएको भन्नु गलत हो । जब निर्देशन अनुसार नयाँ समिति बने पछि नयाँ समितिलाई खाता पाता हस्तान्तरण गर्नु पर्ने दायित्वलाई पुरा नगरि अक्टोबर सम्म हामी हौ भन्नु नदिने बराजु बुधवार बर्छिन भने झै हो ।
काम चलाउ भएकै अदालतबाट हो भने अदालतको आदेश अनुसारको काम भए पछि खाता , आर्थिक हिसाब र सचिवालय हस्तान्तरण गर्ने कि श्रमिकले तिरेको तिन डलरमा जुँगाको ताउ लगाएर बस्ने, अनि हामीले बोलिदिनु पर्ने नियम भन्दा बाहिर गएर पनि सहि उनै हुन भन्ने ?
एउटा उदाहरण सुन्नु हामी लोकत्रान्तिक ब्यावस्थालाई आत्म साथ गर्दछौ । त्यसमा लेखिएको छ, हरेक पाँच वर्षमा आवधिक निर्वाचन हुने भनेर तर बिचमा कुनै त्यस्तो इमर्जेन्सि पर्यो भने पाँच वर्ष नपुगि निर्वाचन हुन्छ । नयाँ निर्वाचनमा टिकट नपाउने हरुले मेरो कार्यकाल पाँच बर्षको हो पाँच बर्ष सांसद हु भनेर हुन्छ र ? आइसिसिको बिधान अनुसार अक्टोबरमा अधिवेसन हुन्छ । तर त्यो अधिवेशनका प्रतिनिधि एनसिसिबाट नयाँ आवेदन दिएर बनेकाहरु हुने हुन र तिनले नयाँ समिति बनाउने हो । जसको मार्चमा सदस्यता सकियो उसले मेरो जिम्मेवारि अक्टोबर सम्म हो भनेर समाजलाई उल्लु बनाउनेहरु समाजलाई निकास हैन समाजलाई आफ्नो मुठिमा राख्न गलत नियतले रडाको गरेका छन भन्ने बुझ्न लाटो लाई पनि गाह्रो छैन ।
एनआरएन आइसिसिको निति र नेतृत्वमा समस्या छ । अनी दोष एनसिसिलाई लगाएर यहाका साथिहरु रातो पिरो हुनु पर्ने छैन । कतारमा अरुले राजनिति गरे भन्दै अघोसित रुपमा सतरन्जको खेलाडि बन्नेहरुले अरुलाई औला उठाएर मात्रै आफु चोखो हुन्छु भन्ने घमण्ड त्याग्नु जरुरि छ ।
यहाँ आफैले मतदान गरि जिताएको संस्थाका प्रतिनिधि लाई आईसीसी लाई प्रयोग गरि ब्यक्ति बिशेशले भनेको भरमा पारदर्शिता बिना समानान्तर समिति बनाउनु मूल्य, गोपनीयता नीति र संस्थागत मर्यादा विरुद्धको कार्य हैन र ? कुनै जिवन्त संस्थालाई हस्ताछेप गर्ने अधिकार आइसिसिलाई छैन त्यस कारण एनसिसि स्वायत्त संस्था हो ।
विवाद आइसिसिमा छ, त्यो लाज ढाक्न एनसिसिमा फुट्को विजारोपण गर्नेहरुलाई मल जल गर्न दिनु गलत नियत हो । जव आइसिसिनै बिबादास्पद बनेको छ भने त्यसलाई ट्र्याक्मा ल्याउन पनि एनसिसिको भुमिका महत्वपूर्ण हुन्छ । त्यो भुमिका बिश्वका धेरै देशहरूले खेलेका छन भने कतारले खेल्नु के गलत हो ? एनसिसिको आफ्नै विधान छ जब आइसिसि नै विवादको घेरामा छ भने एनसिसि त्यहि विवादमा मुछिन खोजेमा रोक्नु पर्ने ठाउमा आफै सजक भएर जोगिने प्रयास गर्दा बिभिन्न आरोप लगाउनेहरुको नियत मा प्रश्न चिन्ह उठ्नु पर्ने हो एनसिसि माथि प्रश्न हैन ।
बिधान समिती एनसिसि कतार भन्दा माथी हैन । समितिले बिधान सम्बन्धि आएका सुझाबलाई लिपिबद्द गरि समय अनुकुल परिमार्जन गर्ने हो । त्यसलाई कार्यसमितिले अनुनोदन गरि परिसद भेलामा पेश गरेर त्यहीँबाट अनुमोदित भए पछि कार्यन्वयन मा आउने हो । एनसिसि कतारले हरेक दुइ बर्षमा आफ्नो बिधान अध्याव्धिक गरिरहेको सवैलाइ थाहा छ । मेरो बुझाईमा आइसिसिको बिधान २०१९ पछि नै सम्मेलनबाट पास भएको छैन । जसलाइ आइसिसिले आफु अनुकुल बनाउन्दै अगाडि बढाएको छ ।
विधान समितिले यहाँका संघसंस्था भद्र प्रतिस्ठित ब्याक्तित्वहरुसंग पटक पटक छलफल गरेर आवश्यक परिमार्जिन गरि बिधान एनसिसीलाई बुझाए पछी एनसिसिले समाजका ब्याक्तित्वहरुसंग सल्लाह गरि परिस्थिति अनुसार वाधाअड्काउ फुकाएर परिषदबाट अनुमोदन गर्ने गरि गरिएको संस्थागत निर्णयलाई समाजमा देखिने गरि प्रतिरोध गर्नु अथवा समाज मिल्ने र मिलाउने सन्दर्भमा आएको बिषय मौजुदा परिसथितिको उपज भनेर बुज्दा समाजको हितमा हुन्छ भने किन नबुज्ने ? हामिले विधान एनसिसिलाई बुजाई सकेको अवस्थामा मेरो सुजाव त्यो बेला विधान समितिको संयोजकको हैसियतमा भन्दा ब्यक्तिगत नै हुन्थ्यो भन्ने कुरा बुज्नु पर्ने हुन्छ। बिषम परिस्थितिमा संस्थागत होस या ब्यक्तिगत सुझाव सामाजिक संजालमा पोखेर भन्दा आन्तरिक रुपमा सम्वन्धित निकायमा पुर्याउनु राम्रो हुन्छ भन्ने मलाई लाग्दछ र त्यो कार्य अवश्य मैले गरेको थिए । सुझाब दिनेहरु इमान्दार भएको भए यस्तो बिग्रको अवस्था आउने थिएन ।
समाजमा रहेका सवैले अपनत्व ग्रहण गर्न सक्ने गरि सवैलाई समेटौ भन्ने ठिक कि तिमिहरु आए आउ न आए न आउ हामि एक्लै अगाडि बड्छौ भन्ने सैलि ठिक ? यस्तो भन्नेहरुले एक हातले तालि बजाउन सकिन्छ भन्ने मान्यता स्थापित गर्न खोजेको हो । आफ्नो कुन्ठित मानसिकता पुरा गर्न साम दाम दण्ड भेद गरि समाजलाई धुर्बिकरण गर्ने प्रपन्च हैन र ?
कतारमा धेरै साथिहरु हुनुहुन्छ जसले एक अर्काको भुमिकालाइ नचिनेको र नजानेको हुनुहुन्न हाम्रो धुर्विकरणले समाजलाई कस्तो असर पर्दछ भनेर बुझुनु पनि भएको होला मैले बुझेको छु । हिजो नेपाली चोकको चौरमा रहेको समाज आज पाँच तारे होटल सम्म पुर्याउन सवैको भुमिका कहि न कहि रहेको छ । ब्यक्तिगत रुपमा मैले के गरे या गर्न सकिन भन्ने कुरा त्यति माईन नराख्ला तर यहाँहरुको दौड्धुप धेरै छ । त्यो संस्थाको पोजेटिभ हितको लागि गरेको छु कि नकरात्मक इम्प्याक्ट्को लागि गर्दैछु भन्ने कुरा बुज्नु जरुरि छ । यिनिहरुले यो गर्ने भने म किन यो बाटो नजाने फरक किन नहुने भन्ने सोचाइ राख्नु संस्थागत सोचाइ हैन ब्यक्तिगत सोचाइ हो भन्ने कुरा सामाजिक ब्याक्तित्व भएर बुझ्न जरुरी छ ।
समाजमा सुकिलो मुकिलो भएर हैन धुलो मैलो पसिनाले रुज्दै पेट भर खाएर वा नखाएर आफ्नो पारिवारिक छाक काटेर भए पनि समाजमा दौडिएको श्रमिक हु र श्रमिक हक हित भन्दा वाहिर मेरो सोचाइ रहेन र अहिले बनाएको विधानले पनि त्यसलाइ प्रष्ट पार्दछ । कहिले लेखेर कहिले मञ्चमा बोलेर समाजलाई मज्बुत र उदाहरणीय वनाउने तर्फ मेरो ध्यान संधै मोडिएको हुन्छ । ब्यक्तिगत फाइदाको लागि अहिले सम्म समाजलाई धुर्बिकरण गराउन लागेको छैन । ब्यक्तिगत स्वार्थ भन्दा माथी न उठ्ने तर सामाजिक भन्न नछाड्ने हरुको नजरमा म गलत देखिनु र हुनुले मलाई असर पार्दैन तर यहाको समाजको नजरमा म गलत हुनु हुन्दैन भन्ने मान्यतामा अढिग छु रहेको रहने छु । बनले चिनेको र बनलाई चिनेका गाइहरुको जुन उदाहरण छ । एक्ले अर्कोलाई चिनेका छौ भन्दैमा गलत ठाँउमा पाईला टेकियो भने बनमा पुग्न सकिएला र ? बन चिनेको छु भन्दैमा गाइले बाटो नहेरि हिड्यो भने चरण नपुग्दै लडेर घाइते वा इहलिला समाप्त पनि हुन सक्दछ । किनकि रातारात बिबिध कारणले बाटोमा अवरोध सिर्जना भएको हुन सक्दछ । अर्को कुरा चिनेको छु भनेर आफ्नो बाटो नहिडेर अर्कोको बाटो हिड्यो भने पनि दुर्घटना हुने सम्भावना ठुलो हुन्छ भन्ने कुरा बुज्नु जरुरि हुन्छ ।
उदाहरणको लागि वाख्रोले वादरको बाटो र गाइले वाख्रो हिड्ने बाटो हिड्यो भने गन्तब्यमा पुग्ला त ? त्यसैले बाटो हिड्ने अर्काको हैन सवै हिड्न सक्ने साझा तय गरेर हिड्नु सक्नु पर्दछ । आगो त अरुले बालेको नतप्नु भन्छन् हैन र ? बाटो आफ्नै हिड्नु नै बुद्धिमता हो ।
अन्त्यमा हाम्रै अगाडि धेरै संघसंस्था जन्मिए हुर्किएर र विलय भएर नगएका हैनन अहिले आइसिसि बिषम परिस्थितिमा छ।
यो अप्ठ्यारोमा बाच र बचाउ भन्ने उक्तिलाई कायम गर्दै एनसिसि बचाएर आइसिसि बचाउन हामि लाग्नु पर्दछ। यस्तो परिस्थिति बन्दै जानुमा ५-७ वर्ष देखि विकास हुनै आएको परिस्थिति नै कारक हो । जसलाई सवैले नजरअन्दाज गरेको, देखेको महसुस गरेको विषय हो । अहिले त्यसको पदचाप अझ द्रुत गतिमा अगाडि बडिरहेको छ । आइसिसि मार्फत हामि समयको भीरको डिलको त्यो अन्तिम बिन्दुमा आईपुगेका छौं ,जहांबाट फकर्न असंभब जस्तै देखिएको छ, यस्तो अवस्थामा वचाउन सक्ने तत्व भनेकै एनसिसिहो ।
आइसिसि भिरको त्यो अन्तिम बिन्दु जहाँ भिर मुनिको गुरुत्वाकर्षण Gravity आफै फकर्ने सामर्थ्य नभएको अवस्थामा छ । आइसिसिलाई लयमा फर्काउन ल्यागत राख्ने एनसिसिहरु हुन त्यहि भएर आइसिसि बचाउन हामी टुक्रिएर हैन मिलेर यस्तो शक्ति सञ्चय गर्न सकियोस त्यो गुरुत्वाकर्षणलाई पनि जितेर संस्था बचाउन सकियोस यस्तो शक्ति सञ्चय चाहिएको अवस्थामा हामी कता हराउदै छौ ।
कतारमा जसरी माथिबाट लादिएको बिषयलाई केहि ब्यक्ति विषशले बोकेर हिडिरहनु भएको छ । त्यसले के प्रष्ट पार्दछ, भने नागरिक चेतनाको बिकास रोक्नका लागि केहि केही तत्व हरु लागि परिरहेका छन । जुन आफ्नो अधिकारको लागि हैन अरुलाई शक्ति दिएर हामि माथि रजाई गर्ने शक्तिको चाकडि गरिरहेका छन।
आईसिसिको तारिफदारि गर्ने केहि शक्ति लम्पट र भक्तिभाव गर्ने प्रबृतीले आइसिसि त दुर्घटाना हुन्छ हुन्छ झनै एनसिसि पनि दुर्घटना घटित हुन पुग्यो भने आश्चर्य मान्नु पर्ने छैन । जतिखेर हामीमा चेत आउनेछ , त्यतिखेर ढिलो भैसकेको हुनेछ । सवैले सोचौ हामिले बचाउन सक्ने एनसिसि हो र एनसिसि बचाउन सके आइसिसि बच्ने हो ।
यसै प्रसङ्गमा सानोमा पढेको एउटा कथाको याद आयो यो कसैको जिवन मा मेल खाएमा दन्त्य कथा र संयोग मात्रै हो भनेर बुझ्नको लागि अनुरोध गर्दछु .
एक दिन एक साधु पहेंलो बस्त्र किनारमा राखेर नदीमा नुहाउन पसेछन । नजिकै धोबीको गधा चरी रहेको थियो । एकजना उदण्ड केटाले साधुको सबै बस्त्र गधाको घांटीमा बेह्री दिएछ । पहेंलो रंगको कपडाबाट गधा उतर्सियर सहरका गल्ली गल्ली दुगुर्न थाल्यो ।मानिसहरु शहरमा नयां साधु आएको भ्रममा बाटो बाटोमा उभियर दण्डबत गर्दा रहेछन ।
यो सबै रमिता हेरीरहेका एक जना सज्जनले फूल अक्षेता लिएर गधाको पछी दुगुरी रहेका ब्यक्तिहरुलाइ प्रश्न गरेछन ,हैन तपाईंहरु यो गधालाई किन धुपधुवांर दण्डबत गरिरहनु भएको छ ?
महोदय , हामीलाई थाह छ , यो गधा हो । तर यसले देव बस्त्र पहिरेको छ , हामी गधालाई होईन बस्त्रलाइ दण्डबत गरिरहेछौं
अहिले एनआरएनए वजारमा यस्तै कुरा चलिरहेका छन अदालतले दसौ महाधिवेशन नै अबैधानिक हो त्यहिबाट सुरु गर्ने फैसला गर्यो र उच्चस्तरिय समिति नै वनाएर कार्य समय सिमा तोकेको समय सिमाभित्र अधिवेशन भयो नयाँ नेतृत्व आयो अदालत र पररास्ट्रले मान्यता दियो त्यसलाई स्विकार्दछौ । तर अर्को समितिसंग सिस्टम र अफिस छ त्यसैले हामी आइ सिसिको हैन उसङ भएको सिस्टम मात्रै चिन्छौ अन्धभक्ति गर्छौ ।
एउटा सेयर याद आयो “शौक बहराईचवी” को ॥
बर्बाद गुलिस्ताँ करनेको बस एक ही उल्लू काफ़ी था,
हर शाख़ पे उल्लू बैठा है अंजाम-ए-गुलिस्ताँ क्या होगा’
———— शौक बहराईचवी॥
निर्वाचित समितिलाई आफ्नो इसारामा नाचेन भनेर ढ्याप्प विजुलि पत्र मार्फत अपदस्त गर्ने र उसैले वनाएको समिति तोकिएको जिमेवारिलाइ हामी सबैको साझा अर्थात आधिकारिक मानिदिनु पर्ने, यहाको समाजले मानिदिनु पर्ने, समिति बनाउने हामी नै उल्लु वनाइएको बुझीबुझी बुझ पचाएर बस्ने र उल्लु हुने अनि सामाजिक हौ भन्ने सकिगोनि ।