२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

कतारमा भागेर काम गर्ने २२ महिला पक्राउ

दोहा-कतारको आन्तरिक मन्त्रालय अन्तर्गतको अपराध अनुसन्धान विभागले अलेखबद्द रूपमा कतारमाबसी रहेका विभिन्न २२ जना महिलालाई पक्राउ गरेको छ l पक्राउ पर्नेहरू एसियन मूलका रहेका छन् l कतारका विभिन्न क्षेत्र र स्थानहरूमा ट्र्याकिङ अभियान सञ्चालन गरेपछि ती महिलाहरू पक्राउ परेको एमओआईले विज्ञप्तिमा जनाएको छ।

विभिन्न कम्पनी तथा घरमा कार्यरत कामदारहरू कार्यस्थल छोडेर भागेको रिपोर्ट सरकारी निकायमा दर्ता भएपछि उनीहरूको खोजी गरिएको हो l आफ्नो स्पोन्सरको कार्यस्थल छोडेर अन्यत्र काम गर्नु कतारमा अवैधानिक मानिन्छ।

भागेका घरेलु कामदारहरूको ट्र्याकिङ र पक्राउले “उनीहरूको काम र आवास नियमहरूको उल्लङ्घन” का अतिरिक्त रोजगारदाताहरूबाट हुन् सक्ने विभिन्न जोखिम का साथै सामाजिक अपराधहरूलाई कम गर्ने विश्वास गरिएको छ l

मन्त्रालयले जनतालाई कानुनी जबाफदेहिताबाट बच्नको लागि भागेका कामदारहरूलाई आश्रय वा काम नदिन र सम्बन्धित निकायमा  जानकारी दिन आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८० असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस