गत एक हप्ता देखि चर्चाको विषय बनेको काठमाडौको फोहोर अहिले काठमाडौ बासी मात्र नभएर देश तथा बिदेश सबैको नाक सम्म गन्हाइरहेको छ ।फोहोरको वर्गीकरण र सेग्रीगेसन फोहोर उद्गम स्थलमा गर्दै जादा फोहोर ब्यबस्थापनमा पक्कै सजिलो हुने छ तर बर्सौ देखि एउटै कार्यशैलीमा जरो गाडेर बसेको जनमानसको मानसिकता र व्यबहारमा एकै चोटी परिवर्तन गर्न त्यति सजिलो पक्कै छैन। सन्सारका जति बिकसित देशहरुले फोहोर ब्यवस्थापनमा गर्ने अभ्यास पनि यहि नै हो । जब फोहोर वर्गीकरण गरिन्छ त्यसपछि प्रसोधनजन्य फोहोर हरु प्रसोधनका लागि लागि सके पछि र जैबिक पदार्थ सहितको फोहोर मलका लागि प्रयोग गर्न थाली सके पछि फोहोर संकलन केन्द्र मानिएको सिसडोल र बन्चरे डाडामा लैजाने फोहोरको मात्रामा पक्कै कमी आउने छ।
यसको लागि सबै भन्दा ठूलो चुनौती भनेकोनै फोहोरको वर्गीकरण हो । जब फोहोर वर्गीकरण भैसक्छ , तब ब्यबस्थापनका लागि अनेक तरिकाहरु आउने छन ।हरेक टोलटोलमा स-सान जैबिक मल उत्पादन केन्द्रहरु निर्माण गर्न सकिनेछ ।हरेक घरबाट किलोको दरले शुल्क तिरेर फोहोर सन्कलन गर्न सकिने छ , सन्कलित फोहोर जब जैबिक मलमा परिणत हुन्छ अनि त्यही मल तिनै घरहरुलाई कौशीखेती र त्यही वडा भित्रका पार्क र सरकारी भवनका कम्पाउन्डका फुलबारीमा प्रयोगका लागि हुने छ।
हरेक योजनाको एउटा प्रकृया हुन्छ र सो प्रक्रिया पूरा गर्नका लागि समय चाहिन्छ । काठमाडौ महानगरपालिकाको फोहोर ब्यबस्थापनका लागि चोक चोकमा कुहिने र नकुहिने जन्य फोहोर राख्न दुई फरक रङका कन्टेनर राख्ने तथा प्रसोधन केन्द्र स्थापना गर्नका लागि महानगरले उद्दमी तथा व्यावसायीहरुलाई प्रोत्साहन गर्ने ,सहुलियत दरमा ऋण प्रवाह गर्ने , महानगर आफैले पनि अत्याधुनिक मेसिन खरिद गरि आवश्यक एरियामा जडान गर्ने , हरेक वडा वडामा पर्याप्त ब्रुमरको ब्यबस्था गर्ने , धार्मिक तथा सास्कृतिक स्थलहरुमा पर्याप्त कुचीकारहरु भर्ती गराउने तथा सडक सरसफाइको काम रातीमा गर्ने जस्ता कार्यक्रमहरु पक्कै आउने छन ।
महानगर सफाइको जिम्मा मेयर बालेन शाहको मात्र हैन । उहामा एउटा भिजन छ , काम गरौं भन्ने इच्छा शक्ति प्रवल छ जुन स्पष्ट बाहिरी नजरले आन्कलन गर्न सकिन्छ तर त्यसो भन्दैमा रातारात कायलपलट भैहाल्छ भन्नु चाहिँ गलत हो । बालेन शाहको “लौरो “केवल चुनाव चिन्ह हो तर गलत सोच्नेहरुले यसलाई “जादुको छडि” सम्झिए अनि छुने बित्तिकै कायलपटल भैहाल्छ भन्ने सम्झिएर आलोचना शुरु गर्न थाले जुन सरासर भ्रम हो ।
बिसौ बर्स देखिका समस्या र अधुरा माग अनि भोट माग्ने बहानामा फैलाइएका भ्रम र आश्वासनलाई सबै बालेनको टाउकोमा थुपारेर सिसडोल र बन्चरेडाडा बासीले सडक बन्द गराउनु उचित हैन । काम गर्न समय दिनु पर्छ ।बिसौ बर्सको समस्या बिस दिन पनि नपुगी समाधान भैहाल्छ भनेर बाटो अवरोध गर्नु गलत हो । फोहोर प्रसोधन गर्न मेसिन नै डेलिभरी गर्न, फिटिङ गर्न र, सिमेन्ट सुक्न त केही दिन त लाग्छ नि तर त्यति समय पनि धैर्य गर्न नसक्नु र तत्काल बिरोधमा उत्रनुले सिसडोल बासी र बन्चरेडाडा बासीको चेतनास्तर माथी प्रश्न उठिरहेको छ ।
उनिहरु आफ्नै स्वविबेकले बिरोध गरिरहेका छन या कोहि मार्फत परिचालित छन ? फोहोर माथी फोहोरी राजनीतिकरण गरि धमिलो पानीमा माछा मार्ने प्रयास गर्दै बालेनलाई असफल तुल्याउन थुप्रै शक्ति र गुट उपगुटहरु हात धोएरै पछि लागि रहेका छन । कतै तिनै शक्तिहरुको करामत त हैन यो बिद्रोह ? भन्ने आसन्का पनि जनमानसमा छाएको छ । बालेनको पटक पटक भ्रमण र त्यहाका स्थानिय बासिको स्वास्थ सम्बन्धमा बाराम्बार उठाइरहेको चासो देख्दा सिसडोल र बन्चरे डाडा का बासिन्दाको हितका लागि पक्कै केही सुधारका कार्यक्रम बन्नेछन ।
तर कतिपय मिडियाहरुले तीललाई पहाड बनाएर आम नागरिक प्रती बालेनको विजयलाई नकारात्मक तर्कले भरेर टिप्पणी गर्ने र सिसडोलबासी र बन्चरेडाडा बासी प्रती सहानुभूति देखाएको नौटन्की गर्दै आफ्ना भ्युअर र रिडर बढाउने गरेव पित पत्रकारिता गरेको पनि देखिन्छ । यति बेलाको यो संक्रमणकालिन अवस्थामा सबैले धैर्य र संयम हुने बेला हो । सबैको मन जितेर एउटा नया सोच जोश र जागर बोकेर एउटा युवा अगाडि बढेको छ। सबैको साथ सहयोगले मात्र सफलता हात पार्न सकिन्छ । हामी काठमाडौलाइ सुन्दर र सफा हराभरा शहर भएको हेर्न चाहन्छौं तर फोहोर माथी गरेको राजनीति किमार्थ सैह्य हुने छैन । हरेक दिन फोहोरको कन्टेनर बोकेर सिसटोल र बन्चरेडाडा बस्ती पुगेर फर्केने टिफ्फर हरु रित्तै फर्कन्छन ।
सदुपयोग गर्न सक्ने हो भने जादा फोहोर बोकेर जाने गाडी काठमाडौ फर्कदा अर्गानिक मल बोकेर फर्कनु पर्थ्यो । आज बाटो छेक्न उक्साउने तत्वहरुले “फोहोरलाई मोहोर मा बदलौ” भन्ने सन्देश सिसडोल र बन्चरेडाडा बासिलाइ कहिल्यै बाढे कि बाढेनन होला ? उचित ब्यबस्थापन र सदुपयोग गर्न सकेको खन्डमा फोहोर त एउटा कच्चा पदार्थ हो जो सित्तैमा खेर गैरहेको छ । प्राबिधिक टोलिका अनुसार प्लास्टिकबाट बन्ने पदार्थ सडक पिचमा प्रयोग गर्न सकिन्छ जसको परिक्षण र प्रयोग बढाउन सकिन्छ ।
त्यसैले यो परिस्थितिमा आमनागरिकहरुको कर्तव्य भनेको सबैले आफ्नो आफ्नो घरमा कम्सेकम दुईवटा डस्ट बिन अनिबार्य राखौं । कुहिने र नकुहिने सबै फोहर छुट्याएर राखौ ,हरेक बिद्दालयहरुले आफ्ना बिद्यार्थीहरुमा सचेतना कक्षा चलाऔ । एनजिओ आइएनजो जस्ता सस्थाहरुले चोकचोकमा या बिपन्न बस्तिहरुमा आवश्यक डस्टबिन बाड्न सहयोग गरौं । नगरपालिका भित्रका वडाहरुले आफ्ना आफ्ना टोलमा घर भित्रक अर्गानिक फोहोर बाट अर्गानिक मल बनाउने हाते कन्टेनरहरु बितरण गरौं । कडा नियम बनाऔं । सचेतनामुलक कार्यक्रम चलाउने सस्थाहरु सिसडोलबासी र बन्चरेबासी जनताको घरदैलोमा उनिहरुलाइ कन्भिन्स गर्न लागौं । केही समय “पर्ख र हेर” को सिद्धान्त अनुरुप धैर्य हुन अनुरोध गरौं ।
उद्दमी ब्यबसायीहरुले फोहोर ब्यनस्थापनमा सहयोग मिल्ने खालका उद्दोग तथा कारखानामा लगानी गरौं , ठ्ला ठुला ग्रेडका निर्माण व्यावसायीहरुले कम्सेकम एक एक ओटा ढुवानी साधन छ महिनाका लागि निशुल्क महानगरलाई सहयोग गरौं , ढुवानीमा प्रयोग भएका डेमेज कन्टेनरहरुलाई मोडिफाइ गरी पोर्टेबल ट्याइलेटको रुपमा प्रयोग गरौं ।
अन्तमा सिसटोल र बन्चरेडाडा बासीहरुमा अनुरोध के छ भने काठमाडौ सबैको साझा साघुरो थलो हो जहाँ “रहर र बाध्यता” दुबै कारणले मानिसहरु बसेका छन ।सायद तपाईंहरुका छोराछोरीहरु पनि पढ्न, लेख्न या जागिरका लागि पक्कै पनि काठमाडौमै बसेका होलान । तपाईले बाटो अवरुद्ध गरेको कारण फोहोर ब्यबस्थापनको प्रकृया रोकिदा त्यही सन्कलित फोहोरको दुर्गन्धको कारण तपाईं आफ्नै सन्तानको पनि ज्यान तलमाथी भयो भने त्यस्को जिम्मेवार को ? बरु आउनुस , सुधार अभियानमा लागेका मेयर लगायत सबै सिङ्गो टिमलाई सहयोग गर्नुस , निर्माणकार्यका लागि कुनै अल्टिमेटम टाइम लाइन दिनुस ,स्थानीय स्तरमा बनिसकेका फोहोर ब्यबस्थापन परियोजनामा स्थानियको रोजगारीका लागि माग पेश गर्नुस ,बृक्षरोपण तथा हरियाली बढाउन सहयोग गर्नुस । तपाई हाम्रो सबैको साथ सहयोग मिल्यो र फोहोर प्रशोधन गर्न पर्याप्त उपकरण जडान हुन सके भने भोलिका दिनमा किलोको हिसाबले फोहोर दिनुस भनेर घर घर फोहोर संकलन गर्न हिड्न पर्ने दिन आउन समय लाग्दैन । सिसडोल र बन्चरे डाडामा फोहोर बोकेर जाने कन्टेनर देख्न पनि मुस्किल हुने समय आउन सक्छ ।
लमजुङ
हाल कतार