२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

चार जिल्लाको सयुक्त शुभकामना आदान प्रदान

दोहा- चार जिल्लाको सयुक्त आयोजनामा बिजयदशमी तथा दिपावलीको शुभकामना आदन प्रदान कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ।

रामेछाप सेवा समाज कतार, नुवाकोट सेवा समाज कतार , काभ्रेपलान्चोक सेवा समाज कतार तथा दोलखा सेवा समाज कतार मिलि ” प्रवासी जिल्ला बासीहरुको आवाज, सभ्य समाज निर्माण को प्रयास” भन्ने मुल नाराका साथ बिजयदशमी तथा दिपावली को अवसर पारेर सयुक्त शुभकामना आदन प्रदान कार्यक्रम गर्न लागेको हो ।

सयुक्त संस्थाले कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई उक्त कार्यक्रममा उपस्थितिका लागि अनुरोध समेत गरेका छन।

सयुक्त सस्था ले नेपालीहरुको महान पर्व दशै तिहार र छठ पर्वको सुखद अवसरमा अगामी अक्टोबर १४ तारिख शुक्रबारका दिन दोहा स्थित शालिमार रेस्टुरेन्टको सभा हलमा स्थानीय समय अनुसार बिहान११ बजे देखि सुरु हुने शुभकामना आदन प्रदान सहित विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरेको कार्यक्रम सयोजक रामेछाप जिल्ला का अध्यक्ष ललित कुमार तामाङले जानकारी गराए।

प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस