२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

पुर्व मन्त्री गोविन्दराज जोशीका छोराले व्यास नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिने 

तनहुँ- नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले तनहुँको व्यास नगरपालिका प्रमुखमा उम्मेदवारी दिने भएका छन् ।
कांग्रेसबाट आधिकारिक उम्मेदवार बन्ने अवस्था नबने स्वतन्त्र उम्मेदवार बन्ने जोशीले बताए ।
‘व्यास नगरपालिकाको मेयरमा उम्मेदवार बन्छु । कांग्रेसले आधिकारिक उम्मेदवार बनाए पार्टीबाटै उठ्छु,’ जोशीले अनलाइखबरसँग भने, ‘कांग्रेसले उम्मेदवार नबनाए स्वतन्त्र उम्मेदवार बन्छु ।’
१९९७ मा अध्ययनका लागि अमेरिका गएका उनी १७ वर्ष त्यहाँ बसेर फर्किएका हुन् । टेलिकम्युनिकेशन इन्जिनियर जोशीले काठमाडौंमा एक निजी कलेजमा आवद्ध छन् । जनताको समस्या र त्यसको समाधान गर्ने भिजन भएकाले नै मेयरमा उम्मेदवार बन्न लागेको उनले सुनाए ।
कांग्रेसलाई थोत्रो पसलको संज्ञा दिंदै उनले त्यसलाई सुधार्न चाहेको बताए । ‘मलाई पार्टीले नै उम्मेदवार बनाओस् भन्ने चाहना हो,’ जोशीले भने, ‘नचलेको पसल लिएर सुधार्न खोजेको हुँ । कांग्रेसले उम्मेदवार नबनाए पनि म पछि हट्दिनँ ।’
आफ्नो उम्मेदवारीमा बुबाको खासै चासो नभएपनि शुभेच्छा भने रहेको उनले सुनाए । आसन्न निर्वाचनमा विजयी हुनेमा आशावादी देखिएका जोशीले पराजित भए पनि तनहुँमै सेवा गर्ने बताए ।

प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार
प्रतिक्रिया दिनुहोस