२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

दशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी सुरु,नेपाली कृषि प्रदर्शनीको महामहिम ढकालद्वारा उद्घाटन

दोहा-नेपाल सहित ५५ भन्दा बढी देशको सहभागितामा दशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी (एग्रीटक्यू) २०२३ आजबाट सुरु भएको छ ।

कतार नगरपालिकाका मन्त्री डाक्टर अब्दुल्लाह बिनअब्दुलअजिज बिन तुर्की अल सुबैले प्रदर्शनीको उद्घाटन गरेका हुन।

यसैबीच नेपाली कृषि प्रदर्शनीको नेपाली राजदुतावास कतारका महामहिम डाक्टर नरेश बिक्रम ढकालले उद्घाटन गरेका छन।

नेपाल सरकार नेपाली राजदुतावास दोहा कतार,निर्यात व्यवसायी महासंघ,नेपाल आयोजक तथा नेपाल व्यवसायी संघ कतार प्रर्वद्धक रहेको नेपाली कृषि प्रदर्शनीको महामहिम ढकालले उद्घाटन गरेका हुन।

प्रदर्शनी कार्यक्रममा बोल्दै महामहिम ढकालले व्यवसायीहरुको ब्यक्तिगत रुपमा देखिने भएता पनि समग्रमा नेपालको आर्थिक समृद्धिको प्रतिनिधित्व गरेको बताए।

प्रदर्शनीमा सहभागि हुन आएका नेपालीहरुलाई दुतावासले गर्नु पर्ने कुनै पनि सहयोग भएमा खुलेर भन्न समेत आग्रह गरे ।

उनले कतारमा आएर पनि आफ्नो उत्पादनलाई प्रदर्शनीमा राख्नु नै भोलिको ब्यापार मौलाउनु रहेको बताउदै नेपाली आर्गनिक बस्तुहरु कतारको बजारमा सुपथ मुल्यमा ल्याउन सकिए नेपाली उत्पादित बस्तुहरुको बजारको अभाव नरहने बताए।

कृषि प्रदर्शनीमा निर्यात व्यवसायी महासंघ नेपालका उपाध्यक्ष गोविन्द घिमीरेले प्रदर्शनीले नेपाली बस्तुलाई कतारको बजारमा राम्रो सँग पुर्याउन सकिए आर्थिक समृद्धिका साथमा दुई देश बिचको सम्बन्ध पनि समधुर रहनेमा जोड दिए।

प्रदर्शनीबाट पारस्परिक तथा व्यापारिक सम्बन्ध विस्तार गरि नेपालका मौलिक तथा बिशिष्टिकृत ब्राण्डका वस्तुहरु कतार निर्यात गर्न सहयोग पुग्ने बताउदै नेपाल व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईले आउने दिनहरुमा नेपाली उत्पादनलाई कतारको बजारमा सहज रुपमा पाउने बतावरण बनाउन छलफल गरिरहेको बताए।

नेपाली ब्यबसायी तथा भिजिर्टसहरुको बाक्लो उपस्तिथी रहेको कार्यक्रमलाई ब्यवसायी संघका महासचिव रमेश भट्टले सहजिकरण् गरेका थिए।

कतारको नगरपालिका तथा वातावरण मन्त्रालयले आयोजना गरेको १० औ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालमा उत्पादित नेपालि चिया,जडीबुटी हर्वल, अलैची,अदुवा, डेरीका उत्पादित वस्तुहरु राखिएका छन।

आज देखि १९ मार्च सम्म चल्नेछ प्रदशनीमा ६७५ भन्दा बढी कम्पनीहरू र कतार बाहिरका ५२३ कम्पनीहरूको सहभागिता रहेको छ।

प्रकाशित मिति : २०७९ चैत्र १ गते बुधवार
प्रतिक्रिया दिनुहोस