दोहा : कतारलाई कर्मथलो बनाएका हजारौं नेपालीहरूका लागि हरेक शुक्रबार उत्सवमय बन्ने गरेको छ। यहाँका विभिन्न नेपाली संघ-संस्थाहरूले आयोजना गर्ने सांगीतिक तथा सामुदायिक कार्यक्रमहरूले मरुभूमिको व्यस्त जीवनमा आत्मीयताको रङ्ग भर्ने काम गरेका छन्।
वर्तमान समयमा विश्वव्यापी आर्थिक मन्दी र समस्याहरू एकातिर पक्कै छन्, तर यस्तो विषम परिस्थितिमा पनि नेपाली कला, संस्कृति, भाषा र धर्मको संरक्षणका लागि यस्ता कार्यक्रमहरू अत्यन्तै उपयुक्त माध्यम बनेका छन्। प्रवासमा हुर्कँदै गरेको पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्न र विदेशी भूमिमा नेपालीपन जीवित राख्न यी जमघटहरूले सांस्कृतिक जगर्नाको काम गरिरहेका छन्।
यद्यपि, हरेक हप्ता हुने यस्ता तमाम कार्यक्रमहरूमा आर्थिक रूपमा ठूलो धनराशि खर्च हुने गरेको यथार्थलाई नकार्न सकिँदैन। कलाकार व्यवस्थापन, हल भाडा र अन्य प्राविधिक पक्षमा हुने उच्च खर्चले कहिलेकाहीँ आयोजक र समुदायलाई आर्थिक भार थप्ने गरेको छ।
अतः यस्ता कार्यक्रमहरूको आयोजना गर्दा भड्किलो खर्चलाई न्यूनीकरण गर्दै कसरी बढीभन्दा बढी सांस्कृतिक उपलब्धि हासिल गर्न सकिन्छ भन्नेतर्फ सोच्न जरुरी छ। फजुल खर्चलाई घटाएर सोही रकम समुदायको हित वा आपतकालीन कोषमा सदुपयोग गर्न सके यी सांगीतिक कार्यक्रमहरू अझ बढी अर्थपूर्ण र दिगो बन्ने देखिन्छ। संस्कृति जोगाउनु हाम्रै कर्तव्य हो, तर आर्थिक मितव्ययिता र सांस्कृतिक प्रेम बीचको सन्तुलन नै आजको आवश्यकता हो।
भोलि शुक्रबार दोहाको विभिन्न स्थानमा नेपाली समुदायले गर्ने कार्यक्रम हरुको केही बिबरण :
१ ) नेपाल प्रवासी तामाङ समाज कतारको मञ्जुश्री संवत २८६२ औं सोनाम ल्होछार बृहत सास्कृतिक कार्यक्रम
२ ) पर्वत जलजला समाज र आर्थर डाडार्खक समाज कतारको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम
३ ) दाङ्ग देउखुरी सेवा समाज कतारको १४ औं स्थापना दिवस तथा वार्षिक भेला
४ ) कर्णाली प्रदेश समन्वय परिषद् कतारको सातौ स्थापना दिवस बृहत सांस्कृतिक साथै आन्तरीक भेटघाट कार्यक्रम
५ ) मधेस प्रदेश समन्न्य परिषद कतारको दोसो अधिशन तथा विविध सांस्कृतिक कायक्रम
६ ) क्षेत्री सेवा समाज कता शाखाको वनभोज तथा
स्नेह मिलन कार्यक्रम ।
७ ) इलाम सेवा समाज, दोहाको एघारौ स्थापना दिवस तथा बृहत बनभोज कार्यक्रम