२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

कार्यक्रममा शाखाले आफ्नै धारणा प्रस्तूत गरेको भए राम्रो हुन्थ्यो- ध्रुब क्षत्री

जानकारीमा आए अनुसार १७ बर्ष पहिले नेपाली मिडियाको प्रवेशको रुपमा कतारमा नेपाल पत्रकार महासंघ कतार शाखाले आफ्नो उपस्थिति देखाएको पाइन्छ। त्यसै सेरोफेरोमा रहेर कतार शाखाले आफ्नो १७ औँ वार्षिक उत्सव एउटा छुट्टै र पृथक बनाउन खोजेको अनुभवमा देखियो। प्रथमत: आयोजक टिमलाई एसमानेमा धन्यवाद नदिरहन सकिन्न, जसरि उहाहरुले पत्राचारमा नै समयको ख्याल , पाहुनाको उपस्थितिमा तोकिएको समयको लगाम र आजसम्मकै करिब पहिलो अनुभव कार्यक्रम समयमा संचालन र उपस्थित पाहुनाहरु समय तालिका अनुसार आसन ग्रहण तथा पछि आउनेलाई ब्याज वितरण तर नाम बोलाइएन जसलाई अरु सबै संस्थाले अनुसरण गर्न लाएक देखिन्छ। अझ यहाँ आउनेहरुको मात्र नाम बोलाएर न आउनेको नामको लर्कोको कटौति गर्न सके केहि समयको सदुपयोग गर्न सकिन्थ्यो त्यो भएन। यसमा अझै ध्यान जाओस! शुभकामना संदेश दिने कुरोमा लगाम लगाउनु खासै उपयुक्त थिएन किन कि यो कार्यक्रम नै सुभकामना संदेश आदानप्रदान युक्त भन्ने बुझिन्छ तर यसलाई अन्याथा नलिइ भन्दा, आयोजकले समयको ख्याल र बोल्ने वा शुभकामना संदेश दिने अर्थमा केहिलाई स्टेज दिनुमा खासै दुबिधा भएन सहि नै मान्न सकिन्छ। अर्को मुख्य कुरो दूतावासको खालिहलको सदुपयोग गरेर संस्थालाई केहि आर्थिक भार बाट दूतावासले बचायो। यो पनि सह्रानीय नै छ तर जुन खर्च बचायो त्यो कुनै अन्य सेवामा प्रयोग संस्थाले गरोस भन्ने मेरो सुझाव छ।

चित्त नबुझेको कुरो,

आयोजकले केहि व्यक्तिहरुलाई विभिन्न विषयमा डकुमेण्ट बनाएर बोल्न दियो त्यो पत्रकारहरुले नै स्पष्ट र सुझाव मूलक बनाएर आफ्नै सस्थाको तर्फबाट प्रस्तुत गरेको भए अझ राम्रो हुने थियो भने अर्को कोहि अमुक व्यक्तिको प्रसंशामा एउटा छुट्टै समय दिएर बनाएको डकुमेन्ट्रीले खासै कसैको जीवनमा प्रभाव पार्ने बुझिएन र त्यो मेरो बिचारमा उपयुक्त थिएन भन्ने हो। किनकि त्यहाँ उपस्थित जनाउने करिब ९९ प्रतिशत आफ्नै वा आफैले केहि त्यस्ता अनुभव लिएका हुनाले र त्यहाँ कुनै अमुक व्यक्तिको बारेमा इतिहास सुनाउन भन्दा त्यही समयको सदुपयोग गरि कतारमा पिडामा परेकाको समस्या र व्यवस्थापनमा ध्यान दिन पत्रकार महासंघले गर्न सक्ने आगामी योजना तथा उपस्थित महामहिम राजदुत लगायत अन्य समुदायलाई सु-सुचित गरि श्रमिक मैत्री बन्थ्यो। खैर समग्रहमा कार्यक्रम राम्रो र सफल भएको अनुभव सहित हामीलाई त्यहाँ निम्त्याएकोमा आयोजक प्रति आभार व्यक्त गर्दछौँ , धन्याबाद।

(लेखक अन्तर्राष्ट्रिय नेपाली समाजका प्रवक्ता हुन्)

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस