२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

मार्च १६ सम्म आवेदन दिएका राहदानी लिन आउन दूतावासको आग्रह

दोहा- कतारस्थित नेपाली राजदूतावासले  मार्च १६ सम्म आवेदन  दिएका राहदानी लिन आउन  आग्रह गरेको छ l दुताबासले   फारम बुझाएका मध्ये १,४८१ जनाको ई पासपोर्ट तयार  भएको सुचना प्रकाशित गर्दै राहदानी लिन आउन  आग्रह गरेको हो l

त्यस्तै फेब्रुअरी ३ सम्म आवेदन बुझाएका मध्ये ९७ जनाको  अझै पनि एम आर पी राहदानी दुताबासमै भएका कारण   समयमै लिन आउन  पनि आग्रह गरेको छ   ।

राहदानी लिनको लागी पुरानो राहदानी र राजश्व तिरेको सक्कली नगद रसिद साथमा लिएर स्वयंम दूतावासमा उपस्थित भई आफ्नो राहदानी बुझिलिन सम्बन्धित सबैलाई दूतावासले सोहि सुचना मार्फत जानकारी गराएको छ ।

राहदानी सार्वजनिक विदाका दिन बाहेक हरेक दिन ९ बजे देखि दिउँसो ३ बजे सम्म वितरण हुने दुताबासले जनाएको छ l

राहदानी तयार भएको व्यक्तिहरुको नामावली हेर्न यहाँ  थिच्नुहोस ।

प्रकाशित मिति : २०७८ चैत्र २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस