२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

गोरखा सेवा समाज कतारले बृहत रक्तदान कार्यक्रम गर्ने

दोहा । गोरखा सेवा समाज कतारले बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ ।

कतारमा स्थापित सामाजिक संघ-संस्थाहरुको बिच छुट्टै पहिचान बनाउन सफल, कतारबासी गोरखालीहरुको साझा संस्था गोरखा सेवा समाज कतारले आगामी १३ मे २०२२ शुक्रबारका दिन हमाद हस्पिटलको नयाँ ब्लड डोनर केन्द्रमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।

सर्वोत्कृष्ट मानवीय सेवाबाट अभिप्रेरित भैइ “रक्तदान जीवन दान” मुलमन्त्र आत्मसात गर्दै स्वस्थ रगत संकलन कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले “वृहत रक्तदान कार्यक्रम” आयोजना गरिने संस्थाका अध्यक्ष रामजी खत्रीले जानकारी गराएका छन् ।

साथै कार्यक्रममा संस्थागत सहभागिता सहित रक्तदाताहरु (स्वयंसेवकहरु) उपस्थिति गराईदिनको लागि सम्पुर्ण संघ-संस्थालाई सामुहिक अनुरोध पत्र पनि पठाइसकेको छ ।

रक्तदानको गर्नको लागि आवश्यक डकुमेन्ट तथा ध्यान दिनु पर्ने कुराहरु निम्नानुसार छन् ।

१. रक्तदाताले कतारी परिचय पत्र वा ड्राइभिङ लाइसेन्स वा हेल्थ कार्ड अनिवार्य लिएर आउनु पर्नेछ ।
२. रक्तदाता कतार प्रबेश गरेको ६ महिना पुरा भएको हुनुपर्नेछ ।
३. अघिल्लो पटक रक्तदान गरेको २ महिना पुरा भएको हुनुपर्नेछ ।
४. एन्टीबायोटिक सेवन नगरेको, २४ घण्टा भित्र मदिरापान नगरेको हुनु पर्नेछ ।
५. अनिन्द्रा तथा खाली पेटमा नभएको हुनुपर्ने छ ।
६. रक्तचाप तथा अन्य मापदण्ड रक्त संकलन टोलीले निर्धारण गरे बमोजिम हुनेछ ।
७. रक्तदाताको उमेर १८ -६५ बर्षको बीचमा हुनु पर्नेछ , भने तौल कम्तिमा ५० किलो हुनु पर्नेछ ।

प्रकाशित मिति : २०७९ बैशाख ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस