२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

बुद्धभुमि कपिलवस्तुको अध्यक्षमा : बेल्वासे

दोहा- कतारमा रहेको सामाजिक जिल्ला संस्था बुद्धभुमि कपिलवस्तु सेवा समाज कतारको अध्यक्षमा बिवश बेल्वासे निर्बाचित भएका छ्न ।

“कपिलवस्तु वासीको चाहना, सभ्य र समृद्ध समाजको कल्पना “ भन्ने मुल नाराका साथ बिक्रम सम्बत : २०७२ सालमा स्थापना गरिएको संस्थाले तेस्रो अधिवेशन तथा इस्लाम धर्मालम्बीहरुको पवित्र महिना रमजानको अवसर पारेर बृहत (इफ्तार )कार्यक्रम सम्पन्न गरेको हो ।

२१ अप्रिल २०२२ शुक्रबारको दिन (द गोर्खा रेस्टुरेन्टमा) संस्थाका का . वा अध्यक्ष बिवश वेल्बासेको सभापतित्व र आईसीसी उपाध्यक्ष नरेन्द्र भाटको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरि दोहामा स्थापित बिभिन्न जिल्लागत संस्था, सामाजिक तथा बौद्धिक ब्यक्तित्व पत्रकार लगायत कतारमा कार्यरत नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रमुख अतिथि भाटले आफू बिगत लामोसमय देखि कतारमा कार्यरत रहेको हुँदा यो संस्थाले गरेका विभिन्न सामाजिक, आर्थिक कार्यहरु ससक्त भएर गरिरहेको बताए । समाजले गर्ने कार्यहरूप्रति आगामी दिनमा व्यक्तिगत र संस्थागत दुवैमा सहकार्य गर्न तयार रहेको बताउदै नयाँ आउने कार्यसमितिलाई बधाई सहित शुभकामना दिएका थिए ।

आईसीसी मध्य पुर्व उप-संयोजक कृष्ण बहादुर हमाल ,लुम्बिनी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष बुद्ध पाण्डे , प्रदेश न २ बाट साकिर अलि , समाज सेवि हरु क्रान्ति सिंह,ठाकुर कुमार परियार , केदार नाथ भुसाल डिल्ली राम भट्टराई, अर्घाखाँची सेवा समाज कतार महासचिव बालाराम पाण्डे, गुल्मी सेवा समाज कतार उपाध्यक्ष कमल अर्याल, रुपन्देही अध्यक्ष बिष्णु बहादुर खड्का लगायतले शुभकामना राख्दै ” बुद्धभुमि कपिलवस्तु सेवा समाज कतार” सँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता समेत जनाएका थिए ।

साथै संस्थालाई विभिन्न समयमा सहयोग गर्ने ब्यक्ति तथा विभिन्न संघ संस्थालाई कदर पत्रले समेत सम्मान गरिएको थियो ।सभापति बेल्वासे बोल्दै कार्यक्रममा सहयोग गर्ने ब्यक्ति तथा एवं उपस्थित सम्पुर्णलाई धन्यवाद प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए । उक्त कार्यक्रममा स्वागत मन्तव्य श्रीधर पौडेल र सहजीकरण संस्थाका महासचिव राजेन्द्र पाण्डेले गरेका थिए

बुद्धभुमि कपिलवस्तु सेवा समाज कतारको नयाँ कार्यसमिति:

अध्यक्ष : बिवश बेल्वासे

प्रथम उपाध्यक्ष : अख्तर हुसेन

द्वितीय उपाध्यक्ष : जितेन्द्र बेल्वासे

महासचिव : राजेन्द्र पाण्डे

सचिव : राजेन्द्र भुसाल

सह – सचीव : श्रीधर पौडेयल

कोषाध्यक्ष : नयन सिंह नेपाली

सहकोषाध्य्क्ष : केशव बेल्वासे

सदस्यहरु : मोहन जि.सी, बैकुण्ठ खनाल, सुनिल भुषाल, मधु भुषालर शिव पुजन यादव रहेका छ्न ।नव निर्वाचित कार्यसमितिलाई निर्वाचन संयोजक क्रान्ति सिंहले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

प्रकाशित मिति : २०७९ बैशाख १० गते शनिवार
प्रतिक्रिया दिनुहोस