२०८१ असोज १ गते मङ्गलवार | 2024 September 17th Tuesday

नेपाली महिला समाज कतारले बृहत् रक्तदान कार्यक्रम गर्ने

दोहा । 

नेपाली महिला समाज कतारले बृहत् रक्तदान कार्यक्रम गर्ने भएको छ ।

कतारमा स्थापित संघ-संस्थाहरुका बिच छुट्टै पहिचान बनाउन सफल कतारबासी नेपाली महिलाहरुको साझा संस्था “नेपाली महिला समाज कतार” ले आगामी जुन १० तारिख शुक्रबारका दिन हमाद हस्पिटलको नयाँ ब्लड डोनर सेन्टरमा रक्तदान कार्यक्रम गर्ने भएको छ।

मानवीय सेवाबाट प्रभावित भई “रक्तदान जिवनदान” भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै स्वस्थ रगत संकलन गर्ने कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले “बृहत् रक्तदान कार्यक्रम ” को आयोजना गरिएको संस्थाका अध्यक्ष सरिता पौडेल भण्डारीले बताएकी छिन् ।
साथै कार्यक्रममा संस्थागत सहभागिता सहित रक्तदाताहरु (स्वयंसेवकहरु) उपस्थिति गराइदिनको लागि सम्पुर्ण संघ- संस्थाहरुलाई सामुहिक अनुरोध पत्र पनि पठाइसकेको छ।

रक्तदान गर्नका लागि आवश्यक डकुमेन्ट तथा ध्यान दिनुपर्ने कुराहरु निम्नानुसार रहेका छन् :-
१:- रक्तदाताले कतारी परिचय पत्र, ड्राइभिङ लाईसेन्स वा हेल्थ कार्ड अनिवार्य रुपमा लिएर आउनुपर्नेछ।
२:- रक्तदाता कतार प्रवेश गरेको ६ महिना पूरा भएको हुनुपर्नेछ।
३:- अघिल्लो पटक रक्तदान गरेको दुई महिना पूरा भएको हुनुपर्नेछ।
४:- अनिन्द्रा तथा खाली पेट नहुनु पर्नेछ।
५:- २४ घण्टा भित्र मदिरा सेवन नगरेको र कुनै पनि प्रकारका एन्टिबायोटिक प्रयोग नगरेको हुनुपर्नेछ।
६:- रक्तदाताको उमेर १८-६५ वर्षको बिचमा हुनुपर्नेछ भने तौल कम्तीमा ५० किलो हुनुपर्नेछ।
७:- अन्य मापदण्ड रक्त संकलन टोलीले निर्धारण गरेबमोजिम लागू हुनेछ।

प्रकाशित मिति : २०७९ बैशाख १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस