२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

आकाशलाई पाल्पाली सामाज कतारद्धार आर्थीक सहयोग

दोहा-पाल्पाली सेवा समाज दोहा-कतारले आकाश सारु मगर बचाऔं अभियानको लागि नेरु ५१,०००/ अक्षरुपि (एकाउन्न हजार) संकलन गरि हस्तान्तरण गरेको छ । समाजका अध्यक्ष महल केसिका अनुसार अभियान चलाएको छोटोे समयमै सो रकम हस्तान्तरण गरिएको हो ।

मोटरसाइकल दुर्घटनामा परि टाउकोमा गम्भीर चोटपटक लागेर घाइते भएका उनी अहिले पाल्पाको प्रभास स्थित लुम्बिनी मेडिकल कलेजमा उपचाररत छन् । घाइतेका बुवा हिरा बहादुर सारु मगरले सम्पुर्ण सहयोगी मनहरुलाई  छोरालाइ नयाँ जीवन दानका लागि गरेको अमुल्य सहयोग प्रति विशेष धन्यवाद सहित  जीवन भर आफु ऋणि रहेको बताए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक कुमार शाहिले भने, यसरीनै सद्धैव हामी सबै युनाइटेड भएर अगाडि बढ्ने हो भने आर्थिक अभावका कारण  कोहि पनि बिरामीले ज्यान गुमाउनु पर्दैन । उनले थपे हाम्रो मन ठूलो र एकताबद्द हुने हो भने बिकाश निर्माणको काममा समेत फड्को मार्न सकिन्छ

नगरपालिकाका समाजिक शाखाका शाखा प्रमुख भरत आचार्य, वार्ड-६ कि का.बा अध्यक्ष मैयादेवी घिमिरे, कुनसारे आधारभुत विधालयका प्र.अ. ईन्द्र बहादुर सारु मगर, सिर्जनशील समुहका सल्लाहकार रेवन्त सिङ्जाली मगर, दिब्य ज्योति उच्च माबिका शिक्षक सुरेस कुमार भट्टराई, संगम युवा क्लबका अध्यक्ष सुरेस थापा मगर, बुद्धिजीवी तथा समाजसेवी टेक बहादुर जिटी, रेडियो सामुदायिक मदन पोखराका संचारकर्मी तथा पत्रकार बिजय पौडेल विद्वान् तथा बुद्धिजीवी लगाएत स्थानीय समाजसेवी एवम् भद्र भलाद्मी हरुको उपस्थितिमा एक कार्यक्रम गरी प्रवासी हातेमालो युवा समुहका विधान मस्यौदा समितिका संयोजक समेत रहेका पाल्पाली सेवा समाज दोहा-कतारका सल्लाहकार सदस्य मीन बहादुर सारु मगरले घाइतेलाइ सिघ्र स्वास्थ लाभको कामना गर्दै उक्त संकलित रकम घाइतेका बुवा हिरा सिङ सारु मगरलाई हस्तान्तरण गरेका हुन ।

प्रवासी हातेमालो युवा समुहका अध्यक्ष मान बहादुर सिङ्जाली मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाही थिए ।

कार्यक्रम टीका बहादुर न्यौपानेले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : २०७९ बैशाख १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस