२०८१ साउन २ गते बुधवार | 2024 July 17th Wednesday

बुद्ध कथा सार

हिंसा द्वारा हिंसाको अन्त्य असम्भव छ । हिंसालाई प्रेमले समाप्त पार्न सकिन्छ । यहीनै प्रकृतिको अटल नियम हो । हरेक मानिसलाइ मृत्यु देखी भय लाग्छ । यदि यही भाव मानिसले अरुको अन्तरमनमा देख्न सक्ने हो भने हिंसा परित्याग गर्ने भाव हामी भित्र आँफै उत्पन्न हुनेछ ।

राजनीतिक जीवनमा अर्थात शासन ब्यवस्थाको संचालनमा बुद्ध दर्शनको महत्व के हुन सक्छ ? भनेर बिभिन्न राजाहरुले गरेको प्रश्नको जवाफमा बुद्ध भन्नु हुन्छ “कुसल शासक उही हुन्छ, जो ’शासन गर्दैन ।’ मतलब, नेतृत्व तहमा बसेकाहरुले आफु भित्रको शासक भावलाई मेटाउन सक्नु पर्छ र आफु भित्र मैत्री, बन्धुत्व तथा एउटा अभिभावकीय भाव जगाउन सक्नु पर्छ ।

आफ्नो कर्म चक्रद्वारा कोही राजा मन्त्री बन्नु भनेको केवल आफ्ना प्रजाका आँखा बाट आँसु पुछ्नका लागि हो । उनिहरुको दुःखहरण गर्नका लागि हो । यही भूमिका एउटा अभिभावक अथवा माता–पिताका रुपमा त यहाँहरु आफ्नो घरमा सधैं निभाइ रहनु भएको हुन्छ । तर यही भूमिका एउटा शासकक, मन्त्री, नेता वा आफ्नो समाजको अगुवाका रुपमा भने किन निभाउन सक्नु हुन्न ? किनकी तपाईं आफुलाई शासकक, मन्त्री वा नेताका रुपमा आफ्नो देशका अन्य नागरिक भन्दा भिन्न ठान्ने गर्नुहुन्छ । अर्थात देशका नागरिकलाई आफ्नो परिवार सरह स्वीकार गर्न सक्नु हुन्न ।

एउटा शासक आफ्नो देश र जनता प्रति कसरि बढी भन्दा बढी जिम्मेवार र संवेदनशील बन्न सक्छ भनेर अहिले तपाईंहरु प्रश्न गर्दै हुनुहुन्छ । तर आफ्नो घरको अभिभावक वा माता–पिताका रुपमा अफुले आफुलाई यो प्रश्न गर्ने आवश्यकता यहाँरुलाई कहिल्यै पर्दैन । किनकी आफ्नो घर परिवारमा पहिलेबाट नै यहाँहरु भित्र अपनत्वको भाव हुनेगर्दछ । आफ्नो परिवारका आवश्यकता र भलाईका बारेमा यहाँहरु हमेसा सेचेत हुनुहुन्छ । त्यसैले एउटा नेताका रुपमा एउटा शासकका रुपमा यही भावनालाई अझ धेरै विकसित गरेर लैजानुस् । सबैलाई आफ्नो परिवार भित्रको ठान्नुस् । सबैको दुःखलाई आफ्नो परिवारको दुःख ठान्नुस् । सबैलाई न्याय र स्नेह दिने उत्तरदायित्व विशेषाधिकार एउटा नेता वा मन्त्री रुपमा यहाँरुलाई प्राप्त भएको हुन्छ । यसको दुरुपयोग कहिल्यै नगर्नुस् ।

सारीरिक र मानसिक पिडा त जन–जनमा ब्यप्त छ । एउटा नेता वा मन्त्रिको रुपमा यहाँहरुले आफ्ना ति तमाम जनतालाई सामाजिक न्याय दिलाएर उनिहरुको जीवनलाई सुखमय बनाउन सक्नु हुन्छ । बुद्ध भन्छन्, जतिखेर आँखा खुल्छन्, त्यही क्षण सबेर (प्रात काल) । यदि तपाईं दुषकर्म र भ्रष्टचारको दलदलमै फसेको भए पनि जुन दिन तपाई यसलाई महसुस गर्नु हुन्छ र सत् मार्गमा चल्न सुरुगर्नु हुन्छ उसै क्षणबाट तपाईको नयाँ जीवन सुरु हुनेछ । यसका लागि पहल तपाईं आँफैले गर्नु पर्छ।

अज्ञानताले दुःख, भ्रम, चिन्ता जन्माउछ । लोभ, क्रोध, अभिमान, दुबिधा, इर्श्या, भय यि सबै अज्ञानताका सन्तान हुन् । मायाको खेल विपरित हुने गर्छ, दुई रुपको हुने गर्छ । त्यसैले धुमकेतु तारा जस्तै हामी सधैं मध्यमै रहनु पर्छ। आफ्नो सरीरलाई सुकाएर सिथिल बनाउने पनि हैन र यस बाट उत्पन्न हुने वसनालाई मलजल पनि गर्ने हैन । आफुलाई सधैं मध्यमा स्थिर राख्नु पर्छ। जब हामी मायाको द्वैत रुपलाई परख छौ, पहिचान गर्छौं, हाम्रो सम्पूर्ण दुःख चिन्ता समाप्त भएर जानेछ ।

यसो गर्न सकेको खण्डमा हामी भित्र प्रेम र स्विकार्यको भाव जाग्रित हुनेछ । यो ज्ञानको प्राप्ति पछि हामी कसै प्रति घृणा गर्दैनौँ, त्यो चाँहे क्रूर र निर्दयी नै किन नहोस् । जब हामी भित्रको ज्ञान जाग्रित हुनेछ, तब हामी भित्र करुणानै करुणा मूल गुणका रुपमा प्रवाहित हुनेछ ।

शान्ति मनको बाहिर हैन मन भित्र निहित छ । यसलाई बहिर नखोजौं । एउटा गितारका तारहरुलाई लुज पारेर बजाउने प्रयास गरेऔं भने बज्दैन, उसैगरेर तारहरुलाई धेरै टाइट् कसेर बजाउने प्रयास गर्दा पनि तारहरु चुट्टिन्छन् । अर्थात गितार राम्रो बज्नका लागि उसका तारहरु न धेरै लुज न टाइट् नै – ठीक्क कसिएको हुनु पर्छ । जब गीतारका तारहरुको बिचमा सामन्जस्यता बन्छ, तब मात्र गितार राम्रो संग बज्न थाल्छ । तात्पर्य, मनुष्यले आफ्ना इन्द्रियहरुलाई गितारका तारहरुलाई जस्तै ठीक्क संग कसेर राख्न सक्नु पर्छ । शान्त राख्नु पर्छ, स्थिर राख्नु पर्छ तब गएर जीवन स्थिर, सहज र शान्त बन्ने छ ।

धेरै जसो मनुष्य आफ्नै क्रोधका कारण पीडित हुने गर्छन् । हामी अग्रेसिव भएर विवाद गर्छौ, जसका कारण हामी क्रोधित् बन्छौं । जब क्रोधित् बन्छौं, हामी परमसत्यको मार्ग लाई छोडिदिन्छौं, अनि आफ्नो आत्म सुरक्षाका लागि सबैखाले हतकण्डाहरु अपनाउन सुरुगर्छौं । क्रोध गर्नु भनेको बल्दै गरेको आगोको रातो कोइला समात्नु सरह हो । बल्दै गरेको कोइला समातेर अर्का प्रति फ्याक्न खोज्दा, सबै भन्दा धेरै हानी हामी आँफैलाई पुर्याइरहेको हुन्छौं ।

छुवाछुतलाई बुद्धले पाखण्ड भनेका छन् । जाती बर्णका कारण कसैलाई होच्याउनु, तुछ्याउनु, हेप्नु, तिरस्कार गर्नु जस्तो पाखण्ड अर्को कुनै हुनै सक्दैन । मानव मानव बिचमा भेदभाव राख्नु भनेको सृस्टिकर्ताको अपमान गर्नु हो, उसको विरुद्धमा जानु हो । आकाश, धर्ती, हावा पानी यो सम्पूर्ण प्रकृतिले हामी संग कुनै भेदभाव गर्दैन भने मानव मानवका बिचमा के को भेद ?

जो जन्मिन्छ उसको मृत्यु निश्चित छ, यही प्रकृतिको नियम हो । युवा होस् या वृद्ध, ज्ञानी होस् या अज्ञानी, धनी होस् या गरीब मृत्यु सबैलाई आउछ । आकाशमा देखिने चन्द्रमाले हरेक रात यही सत्य दर्शाउछ । पहिला यो कोपिलाका रुपमा थोरै देखिन्छ । त्यसपछि थोरै फुल्छ, अनि क्रमस गरेर फक्रिदै आउछ र पुर्णिमाको दिन सम्पूर्णरुपमा गोलाकार बनेर फक्रिन्छ, अनि फेरी औंशीको दिन आइपुग्दा यो पूर्णरुपमा लोप हुन्छ । तर वास्तवमा चन्द्रमा हाम्रो नजार बाट अद्रिश्य मात्र भएको हो । ऊ त सधैं त्यही थियो र रहिरहनेछ । यसै गरेर हामी मनुष्यको जीवन पनि अद्रिश्य मात्र हुने हो अन्त्य कहिल्यै हुँदैन । हाम्रो अन्तरमनमा कहिल्यै कसैको मृत्यु हुँदैन । सबै जीवित थिए, छन् र रहिरहनेछन् । लोप अद्रिश्य हुने भनेको त यो पार्थिव शरीर मात्र हो । जो प्रकृतिककै उपज थियो र अन्ततः प्रकृतिमै लोप हुन्छ ।

यदि हामी शान्त भएर यो कुरालाई गहनरुपमा सम्झिने कोशीश गरेको खण्डमा हामीलाई परमसत्यको बोध हुनेछ । जब सम्म सृस्टि रहन्छ, तब सम्म यो दुःख भन्ने चिज हामी संग छायाको रुपमा सधैं रहिरहने छ । हामी मनुश्यको दुःखको एउटै कारण भनेको यो धर्तीमा रहेका सम्पूर्ण प्राणी या बस्तुहरु सबै क्षणभंगुर मात्र हुन् भन्ने कुरालाई जान्दा जान्दै पनि स्वयमलाई तिनिहरु संग बाधेर राखिराख्नु हो । यो देखी मुक्ति पाउन मनुष्यले आफु भित्रको विवेकलाई जागाउन अवश्यक छ । जेसुकै आवस्, चाहे दुःखको सुचना या आनन्दको बर्सात आफुलाई यि दुबै अवस्थामा स्थिर राख्न सक्नु पर्छ । यसो गर्नाले सुखका सबै बन्धनहरु टुट्ने छन् र परमसत्यको बोध हुनेछ । जब हाम्रो मनमा यो चेतनाको विकसित हुनेछ अर्थात परमसत्यको बोध हुनेछ, त्यतिखेर हामीले थाहापाउने छौं जन्म मृत्यु मिलन बिछोड दुःख सुख जस्ता कुराहरु हामी भित्रका भ्रम मात्र हुन्, यिनिहरुमा कुनै अन्तर छैन ।

यो संसारका हरेक प्राणी या बस्तु तपाईं हामीबाट ढिलोचाँडो एकदिन अलग हुन्छन् – यो परमसत्य हो । त्यसैले आफुलाई कुनै पनि कुरामाथि नअल्झाउनु नै एक मात्र उपाय हो, दुःखबाट पार पाउनु । यो संसार अनित्य छ । भय बाट मुक्त रहुं । भयभित भएर यो न सोचौं कि भोली के हुन्छ ? मेरो के हुन्छ ? कसैसंग निर्भर नबनौं । जब भयलाई अस्विकार गर्छौं, हामी सम्पूर्ण रुपमा मुक्त हुनेछौँ र परम आनन्दलाई प्राप्त गर्नेछौं । श्रोतः बुद्ध कथा टेली सीरियल।

भद्रपुर–झापा (हाल दोहा–कतार)

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस