२०८१ असार ३० गते शनिवार | 2024 July 13th Saturday

परियार मित्रता समाज कतारको अध्यक्षमा शालिकराम

दोहा । परियार मित्रता समाज कतारले चौथो अधिवेशन सम्पन्न गरेको छ ।

 

शुक्रबार दोहाको सालिमार रेस्टुरेण्टको सभाहलमा सम्पन कार्यक्रममा समाजका अध्यक्ष प्रेम बहादुर नेपालीको अध्यक्षता एवं  एनआरएनए आइसीसी उपाध्यक्ष नरेन्द्र भाटको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

चौथो अधिवेशनले शालिकराम परियारको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

जसमा समितिको उपाध्यक्षमा खोम बहादुर नेपाली, महिला उपाध्यक्ष उषा परियार, सचिवमा सुनिल परियार, सहसचिवमा महेश घेले, कोषाध्यक्षमा चेतन परियार, सह कोषाध्यक्षमा इन्दु सिवा चयन भएका छन । यस्तै, सदस्यमा दीपक परियार र सगुन परियार चयान भएको समाजले जनाएको छ ।

नव निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समितिका संयोजक बालकृष्ण भित्रिकोटीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा बेजोड सांगीतिक (पञ्चे बाजा)ले उपस्थित सबैलाई भरपुर मनोरन्जन प्रदान गरेको थियो ।  अनिल परियारले सहजीकरण गरेको कार्यक्रममा समाजका उपाध्यक्ष सालिकराम परियारले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा कतारमा रहेका विभिन्न समाजिक संघ संस्थाका प्रतिनिधीहरुको बाक्लो उपस्थीति रहेको थियो ।

 

 

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस