२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

भरतपुर महानगरमा मतगणना रोकियो, सहमतिको प्रयास

चितवन – भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । एमालेका प्रतिनिधिले धाँधली गर्न खोजेको आरोप लगाएपछि भरतपुर महानगरपालिकाको मतगणना रोकिएको हो ।
कर्मचारीले मतगणनाका क्रममा धाँधली गर्न खोजेको एमालेका प्रतिनिधिको आरोप छ ।

मतपत्रमा हँसिया हथौडा र कांग्रेस दुवैमा छाप देखिएको गठबन्धनले सदर हुनुपर्ने र एमालेले बदर हुनुपर्ने भनेपछि विवाद भएका हो ।
महानगरमा पाँच दलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल र एमालेबाट विजय सुवेदी र गठबन्धन विरुद्धका बागी उम्मेदवार जगन्नाथ पौडेल चुनावी मैदानमा हेका छन ।
अहिले सहमतिको प्रयास भइरहेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस