२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

नेपाली राष्ट्रिय फुटबल टोली आज कतार आउदै

दोहा ।

एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टोली आज कतार आउदै छ ।

एन्फाका अनुसार नेपाली फुटबल टोली थप अभ्यास तथा बन्द प्रशिक्षणका लागि कतार आउन लागेको हो । नेपाली टोलीले यहाँ मैत्रीपूर्ण खेल खेल्ने सम्भावना पनि छ । यसअघि कतारमा अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भनिए तापनि अन्तिम समयमा आएर सो मैत्रीपूर्ण खेलहरु स्थगित भएको थियो ।

यहाँबाट नेपाली टोली जुन ४ मा कुवेत प्रस्थान गर्नेछ । एएफसी एसियन कप छनौटतर्फ समूह ए मा परेको नेपालले आयोजक कुवेतसहित जोर्डन र इण्डोनेसियासँग खेल्ने कार्यक्रम छ । नेपालले ८ जुनका दिन जोर्डनसँग खेल्नेछ भने ११ जुनका लागि कुवेत तथा १४ जुनका दिन इण्डोनेसियासँग खेल्नेछ ।

एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस