२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

विश्वकप: उपाधि दावेदार जर्मनी जापानसँग पराजित

दोहा-कतारमा जारी फुटबलको महाकुम्भ फिफा विश्वकपमा उपाधि दावेदार जर्मनी जापानसँग पराजित भएको छ।

खलिफा अन्तराष्ट्रिय स्टेडियममा बुधबार भएको खेलमा जापानले जर्मनीलाई २-१ गोल अन्तरले हराएको हो ।

खेलको ३३ औं मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीबाट गोल गर्दै जर्मनीलाई १-० को अग्रता दिलाएका थिए।
खेलको ७५ औं मिनेटमा रित्सु डोनले गोल गर्दै जापानलाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ८३ औं ताकुमा असानोले गोल गर्दै जापानलाई २-१ को जित दिलाएका हुन।जितसँगै जापानले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।
जापान समूह ‘ई’ को शीर्ष स्थानमा रहेको छ ।जर्मनी पुछारमा रहेको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस