२०८२ माघ १३ गते सोमवार | 2026 January 26th Monday

पूर्व मन्त्रि ढकाल विश्वकप हेर्न कतारमा, राजदूत डा. ढकालसंग विशेष भेटघाट

दोहा – नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले कतार पुगी विश्व कप २०२२ को अवलोकन गरेका छन् ।

नेता ढकालले आइतबार कतारको अलखोर सिटि स्थित अल बायत रंगशालामा पुगी संयुक्त अधिराज्य र सीनेगलको खेल हेरेका हुन् ।

एशियाली मुलुकले विश्वकप जितेमा आँफु खुशी हुने बताएउने नेता ढकालका मनपर्ने फुटवल खेलाडी भने लियोनेल मेसी हुन्।

ढकाल परिवार दलका महामन्त्री तथा यूपिएफ दक्षिण एसियाका निर्देशक डा. सन्तोष कुमार पौडेल सहित कतारको भ्रमणमा रहेका छन्।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वयन परिषद कतारका सचिव तथा व्यवसायी दिपजंग शाह ठकुरी, नेपाली जनसम्पर्क समिति कतारका सह-महामन्त्री खगेन्द्र खनाल, व्यवसायीहरू नारायण प्रसाद लामिछाने, विमला भण्डारी, अलि अख्तर मिया, हरि बहादुर भण्डारी, प्रकाश पोख्रेल लगायतले पूर्व मन्त्रि ढकाललाई संसार कै उत्कृष्ट एयरपोर्ट हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका थिए।

यसैविच पूर्व मन्त्रि ढकालले आइतबार कतार स्थित नेपाली कुटनितिक नियोगका महामहिम राजदूत डा. नरेश विक्रम ढकालसंग नेपाली दुतावासको विशेष अतिथी कक्षमा भेटघाट गरि कतार-नेपाल विचको सम्बन्ध, सम्भावनाहरु र कतारमा रहेका नेपालीहरुको सरोकारका बिषयहरुमा छलफल गरेका थिए ।

छलफलमा नियोगका द्दितिय सचीव प्रवीण भट्टराई, दलका महामन्त्री पौडेल र एनसीसी कतारका सचीव शाहको सहभागीता रहेको थियो ।

 

 

प्रकाशित मिति : २०७९ मङ्सिर १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस