२०८१ माघ १ गते मङ्गलवार | 2025 January 14th Tuesday

आगामी २६ जनवरीमा नेपाल व्यवसायी संघ कतारको अधिवेशन हुँदै, कार्यसमिति चयन संयोजकमा भाट

दोहा । नेपाल व्यवसायी संघ कतारले आगामी २६ जनवरी २०२४ का दिन दास्रो राष्ट्रिय अधिवेशन गर्ने भएको छ ।

संघको विहिबार बसेको पूणर् बैठकले सन् २०२४-२०२८ कार्यकालका लागि कार्यसमिती चयन संयोजकमा संघका उपाध्यक्ष तथा एनआरएनए आईसीसी उपाध्यक्ष नरेन्द्र बहादुर भाटलाई मनोनित गरिएको संघका महासचिव रमेश भट्टले जानकारी दिए ।

त्यस्तै बैठकले अधिवेशन तयारी समिती संयोजक संघका अध्यक्ष महेन्द्र प्रसाद चम्लगाइ र उप-संयोजकमा सल्लाहकार शंकर प्रसाद न्यौपानेलाई चयन गरिएको जानकारी दिदै संघका अध्यक्ष चम्लागाईले अधिवेशन भव्यरुपमा सम्पन्न गर्ने तयारी गरिएको जानकारी दिए ।

संघले कतारमा रहेका व्यवसायीहरुलाई एकताको शुत्रमा बाध्ने प्रतिवद्धता सहित नयाँ सदस्यता वितरण तथा नविकरणका लागि आगामी १ सेप्टेमवर २०२३ देखी ३१ डिसेम्बर २०२३ सम्मका लागि खुल्ला गरेको छ ।

यसैविच संघको पूणर् वैठकले गैरआवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारमा भर्खरै निर्वाचित सम्पूणर् कार्यसमितीलाई बधाई तथा शुभकामना दिदैं गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आशन्न अन्तर्राष्ट्रिय महाधिवेशनका समयमा उम्मेदवारी दिने संघसंग आवद्ध उम्मेदवारलाई संघले चौतर्फी सहयोग गर्ने निणर्य गरेको थियो ।

त्यस्तै महाविर पुन द्वरा सन्चालित राष्ट्रिय आविस्कार केन्द्र वीरगंजमा आवश्यक सहयोग गर्ने निणर्य गरेको बैठकले कतारमा हुँने ॅएक्स्पो २०२३ दोहा कतार’ मा नेपालको गरिमा उच्च हुँनेगरी रचनात्मक सहभागिता जनाउने निणर्य गरिएको थियो ।

प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस