२०८२ मङ्सिर २२ गते आइतवार | 2025 December 7th Sunday

नेपालको लागि ‘एडब्लुएस ट्रेनिंग पार्टनर’ को रुपमा छानियो जेनेस एकेडेमी

काठमाडौँ –  सूचना प्रविधि सम्बन्धी प्रशिक्षण दिने संस्था जेनेस एकेडेमी नेपालको लागि एक मात्र ‘एडब्लुएस ट्रेनिंग पार्टनर’ को रुपमा छानिएको छ।

बेलायतमा मुख्यालय रहेको सेवाप्रदायक परामर्शदाता कम्पनी, जेनेस सलुशन, को शैक्षिक इकाईको रुपमा रहेको जेनेस एकेडेमी ले अब नेपालमा अमेजन वेब सर्भिसेज (एडब्लुएस) को ट्रेनिंग तथा मान्यताप्राप्त ‘सर्टिफिकेशन कार्यक्रम’ हरु संचालन गर्न अनुमति पाएको छ।

आफ्नो स्थापना भएदेखि नै  जेनेस एकेडेमी ले  नेपालको प्राविधिक क्षेत्रमा उच्च गुणस्तरको प्रशिक्षण तथा सीप विकास कार्यशालाहरु आयोजना गर्ने संस्थाको रुपमा पहिचान बनाएको छ। विश्वमै कहलिएका साझेदारहरुसंगको सहकार्यद्वारा एकेडेमीले ‘टेक इकोसिस्टम’ भित्र युवाहरुलाई प्रशिक्षण दिनुको साथै उनीहरुको सीप विकासमा सघाउने लक्ष लिएको छ। 

“हामीले स्थापनाकाल देखि नै पठनपाठनको परम्परागत शैलीमा क्रान्तिकारी परिवर्तन ल्याउने प्रयास गरेका छौं,” जेनेस एकेडेमीकी संचालन कार्यकारी आस्था शर्माले भनिन्। “यसभन्दा पहिले पनि हामीले नेपालमै पहिलो पटक अमेजन एकेडेमीको विश्वस्तरको पाठ्यक्रम नेपाली विद्यार्थीहरुलाई उपलब्ध गराएर महत्वपूर्ण उपलब्धि हासिल गरेका थियौं।”

“नेपालमा औपचारिक रुपमा ‘एडब्लुएस ट्रेनिंग पार्टनर’ कार्यक्रम शुरु हुनु जेनेस एकेडेमीको लागि मात्रै नभएर नेपालकै लागि एउटा महत्वपूर्ण कोशेढुंगा हो। अमेजनसंगको साझेदारीले हाम्रो प्रतिबद्धता थप बलियो बनेको छ।  हामी  युवाहरुलाई उच्च गुणस्तरको प्रशिक्षण र तीव्र गतिमा विकास भैरहेको प्रविधिको क्षेत्रमा आवश्यक सीपहरु प्रदान गर्न लागि परेका छौं,” शर्माले भनिन्।

जेनेस एकेडेमीले यो साझेदारीले इच्छुक विद्यार्थीहरु र सूचना प्रविधिको क्षेत्रमा कार्यरत कम्पनीहरुलाई एउटै छातामुनि ल्याउने एकेडेमीको भनाइ  छ।

यो क्रान्तिकारी प्रविधिद्वारा आफ्नो सीप विकास गर्न चाहने जोसुकै प्रशिक्षणमा सहभागी हुन सक्ने एकेडेमीले जनाएको छ।

प्रकाशित मिति : २०८० फाल्गुन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस