२०८२ असोज २ गते बिहिवार | 2025 September 18th Thursday

पत्रकार महासंघ कतारद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न

दोहा : कतारका लागि नवनियुक्त राजदूत रमेशचन्द्र पौडेल सँग, नेपाल पत्रकार महासङ्घ कतार शाखाले भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली राजदूतावास दोहा कतारको सभा हलमा आज सम्पन्न गरिएको “भेटघाट तथा परिचयात्मक” कार्यक्रममा आफ्नो धारण व्यक्त गर्दै पौडेलले, दुई देशलाई आपसी सम्बन्धलाई मजबुत पार्न,सहकार्यको सिलसिलामा निरन्तर अगाडि बढाउन, प्रत्यक्ष लगानी भित्राउन दुई देश बिच पुलको भूमिका निभाउने विश्वास व्यक्त गरे ।

” उनले दुई देश बिच सामाजिक, सांस्कृतिक, धार्मिक एकतालाई मजबुत पार्न, सामाजिक सुधारका कार्यलाई अगाडि बढाउन, खेर गइरहेको श्रमसक्तिलाई प्रयोगमा ल्याउन जस्ता बहुउपयोगि कार्यहरू प्राथमिकतामा रहेको जानकारी दिए ।

राजदूत पौडेलले विशेष गरी पासपोर्टको म्याद सकिएका, सकिनै लागेका र पासपोर्टको म्याद सकिएका, कतार आइडी रिन्यु नभएका र उक्त कारणले बैङ्किङ कार्यमा समस्या भएका नेपाली नागरिकहरूका लागि अति आवश्यकताका आधारमा आफैँले फाराम भरिदिने समेत व्यवस्था गरिएको जानकारी गराए ।

भेटघाटमा महासङ्घ शाखा कतारका अध्यक्ष दिल कुमार श्रेष्ठ, प्रमुख सल्लाहकार करिम बकस मिया,रेडियो ओलिभका पत्रकार सोम थापा लगायत उल्लेखनीय पत्रकार हरुको उपस्थिति रहेको थियो ।

महामहिम राजदूतलाई स्वागत सँगै सफल कार्यकालको लागी शुभकामना व्यक्त गर्दै दोहाका नेपाली समुदायहरूका सरोकारका विषयहरू र वर्तमान महत्त्वपूर्ण पासपोर्ट नवीकरणमा सेवाग्राहीले भोगेका समस्याका लगायत विविध विषयमा जानकारी गराइएको थियो ।

प्रकाशित मिति : २०८१ पुष १० गते बुधवार
प्रतिक्रिया दिनुहोस