२०८१ चैत्र १ गते शनिवार | 2025 March 15th Saturday

माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै

दोहा– कतारमा पनि मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व भब्य रुपमा मनाईने भएको छ।

नेपाल मगर संघ कतारको आयोजनामा मगर मिनाम ल्हेश ५०१८) २०२५ को अवसरमा शुभकामना अदान प्रदान, वनभोज तथा विविध संस्कृतिक कार्यक्रम गरि मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व भब्य रुपमा मनाईने भएको हो।

सम्पूर्ण मगरहरुको एकता अहिलेको आवश्यकता भन्ने मुल नाराका साथ सन २००० मा स्थापना भएको संस्थाले अगामी शुक्रबार जनवरी १७ तारिक अबुहमुर स्थित आईडियल इन्डियन स्कुलमा बिहान १० बजे देखि कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष रेशम आले मगरले जानकारी दिएका छन।

कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका सम्झना लमिछाने मगरको प्रस्तुति रहनेछ।

कार्यक्रममा नेपाल मगर संस्कृतिक टीमका स्थानीय कालाकारहरुको समेत साङ्गितिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागी हुन चाहनु हुने दर्शकहरुका लागि संस्थाले कतारको विभिन्न स्थानहरुबाट नि:शुल्क यातायात समेत व्यवस्था रहेको आयोजकले जनाएको छ।

कार्यक्रमको तयारी तिव्र रुपमा भईरहेको जानकारी गराउदै कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु,कलाकार,साहित्यकार,व्यवसायी, पत्रकार ,समाजसेवी लगायत कतारमा रहेका सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनीहरु उपस्थित भई कार्यक्रमलाई सभ्य तथा भब्य रुपमा सफल बनाईदिन आयोजकले सम्पुर्णमा आग्रह समेत गरेको छ।

प्रकाशित मिति : २०८१ पुष २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस