२०८१ फाल्गुन ३० गते शुक्रवार | 2025 March 14th Friday

कतारमा योगी विकासानन्दको विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न

दोहा, कतार – विकासानन्द फाउण्डेसन विश्वपरिवार शाखा कतार र जीवनयोग प्रयोगशाला दोहाको सहकार्यमा विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा योगी विकासानन्दले “व्यक्तित्व विकास, तनाव व्यवस्थापन” तथा “सकारात्मक जीवन बाँच्ने कला” सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि कतारस्थित नेपाली दूतावासका महामहिम राजदूत रमेश चन्द्र पौडेल थिए भने, विशिष्ट अतिथिको रूपमा योगी विकासानन्द तथा माता कमलाश्वरी उपस्थित थिए। कार्यक्रमको सभापतित्व उर्मिला खत्रीले गरेकी थिइन् भने सहजीकरण रामजी खत्रीले गरेका थिए।

नेपाली दूतावास कतारको टिम सहित करिब २०० जनाको उत्साहजनक उपस्थिति रहेको सो कार्यक्रममा सहभागीहरूलाई जीवनशैली सुधार, तनाव व्यवस्थापन, योग अभ्यास, खानपान, सुत्ने समय व्यवस्थापन, साथै परिवार र समाजमा सकारात्मक ऊर्जा फैलाउने उपायहरू सम्बन्धी गहन प्रशिक्षण गरिएको थियो।

विभिन्न चरणमा गरिएको प्रशिक्षण कार्यक्रममा मेडिटेसन, योग अभ्यास गरी शारीरिक ऊर्जा मापन प्रणालीद्वारा उपस्थितहरूको ऊर्जा समेत मापन गरिएको थियो। दोस्रो चरण शनिबार विशेष रूपमा रेकी उपचार प्रणाली सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो। रेकी अभ्यासबाट रोग प्रतिरोधात्मक क्षमता वृद्धि, मानसिक तथा शारीरिक रोगहरूको निवारण, तनाव न्यूनीकरण, परिवारमा सद्भाव अभिवृद्धि, रिस नियन्त्रण, कुलतबाट छुटकारा, तथा आध्यात्मिक जागरण हुने विश्वास गरिएको छ।

यस कार्यक्रमको सफलतामा जीवनयोग प्रयोगशालाले महत्वपूर्ण भूमिका खेलेको थियो। दोहामा पछिल्लो केही बर्ष देखि साप्ताहिक योगका कार्यक्रमहरू गर्दै आइरहेको जीवनयोग प्रयोगशालाले  कार्यक्रमको लागि आवश्यक तयारी, व्यवस्थापन र सहजीकरणमा विशेष योगदान पुर्‍याएको थियो।  “जीवनयोग प्रयोगशालाले दोहामा नेपाली समुदायलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने  कार्य गरिरहेको छ” ।

कार्यक्रममा महामहिम राजदूत पौडेललाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।  महामहिमले यस्ता कार्यक्रमहरूले हाम्रो समुदायलाई एकताबद्ध राख्न र सकारात्मक ऊर्जा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउदै  जीवनयोग प्रयोगशालालाई उहाँहरूको उत्कृष्ट कार्यको लागि हार्दिक धन्यवाद दिदै  आउँदा दिनहरूमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्न दूतावासको तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त  व्यक्त गरे । उनले  प्रशिक्षण लिएका सहभागीहरूले सिकेका ज्ञान तथा सीपहरू कतारमा रहेका नेपाली समुदायमा फैलाउने हो भने समग्र नेपाली समाजलाई फाइदा पुग्ने उल्लेख गरे। कार्यक्रममा योगी विकासानन्दलाई महामहिम राजदूत पौडेलको हातबाट मायाको चिनो प्रदान गरिएको थियो।

सभापति उर्मिला खत्रीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गरेकी थिईन

प्रकाशित मिति : २०८१ फाल्गुन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस