२०८१ फाल्गुन २८ गते बुधवार | 2025 March 12th Wednesday

कर्णाली प्रदेश कतारको छैठौं वार्षिक उत्सव सम्पन्न : यस्तो बन्यो नयाँ कार्यसमिति

दोहा, कतार – कर्णाली प्रदेश समन्वय परिषद् कतारले आफ्नो छैठौं वार्षिक उत्सव तथा तेस्रो अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ।

तेस्रो अधिबेशनबाट अध्यक्षमा मोतीलाल बुढामगर, बरिष्ठ उपाध्यक्ष पुर्ण बहादुर राना, उपाध्यक्षहरु क्रमश टंक बिश्वकर्मा , तिलक सिहं ठकुरी, शेर बहादुर रोकाय, पवि कुमारी थापा, महासचिव सुरेस केसी, सचिवद्घय हरिस रावल, प्रकास हमाल, कोषाध्यक्ष यज्ञ बहादुर रावत सहकोषाध्यक्ष रुपसिहं सिञ्जाली रहेका छन ।

सदस्यहरुमा तुल बहादुर बिक, निमा रोकाय, खुम बहादुर पुन, देउविर पुन मगर, पुर्ण बहादुर रोकाय, लोकेन्द्र खत्री, मिना डाङगी, परेक सुनार, ओम प्रकास बार्हघरी र दिनेश तिरुवा रहेका छन ।

“कर्णाली सभ्यता र भाषा हाम्रो पहिचान, कर्णाली संस्कृतिलाई विश्वव्यापी चिनाउने हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम फेब्रुअरी २८, २०२५ मा वेलफेयर रेष्टुरेन्ट सनैया प्लाजामा सम्पन्न भएको थियो।

कार्यक्रमको अध्यक्षता मोतीलाल बुढा मगरले गरेका थिए भने प्रमुख अतिथिको रूपमा एनआरएन एनसीसी कतारका अध्यक्ष रमेश भट्ट उपस्थित थिए। कतारमा स्थापित विभिन्न वैचारिक, जातीय र जिल्ला संस्थाहरूका अध्यक्ष तथा प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी कलाकारहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए, जसले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले एनआरएन एनसीसी कतारका सह-कोषाध्यक्षको दुर्घटनामा भएको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। कार्यक्रममा मृतकको सम्झनामा मौन धारण पनि गरिएको थियो।

संस्थाका अभिभावक तथा कार्यक्रमका विशेष अतिथि शनि कुमार ओलिले कर्णाली प्रदेश भाषा,संस्कार, सस्कृती, पर्यटनमा धेरै अघि रहेपनि राज्यको बिभेदको कारण पछाडि परेको बताए । ओलिले सबै प्रदेश तराइका जिल्ला सङ्ग जोदिडा कर्णालीलाई (पहाडकै) मात्र बनाउदा कतै गलत त भएन भन्दै प्रश्न गरे !

आफु सामाजिक भन्दापनि राजनीति ब्याक्ती भएको कारण समाज हस्तक्षेप मुक्त हुनुपर्ने धारण राखेको कारण आफू खासै सामाजिक संघ संस्थाका कार्यक्रममा उपस्थिति नजनाउने बताए

प्रमुख अतिथि रमेश भट्टले आफ्नो मन्तव्यमा नेपाली दूतावास दोहा कतारले एनआरएन एनसीसी र कतारमा स्थापित संस्थाहरूलाई आवश्यकता पर्दा प्रयोग गरे पनि उनीहरूलाई आवश्यक सहयोग नदिएको गुनासो गरे। उनले नेपाली श्रमिकहरूको हितका लागि काम गरिरहेको भए पनि दूतावासले श्रमिकहरूको लागि सेल्टरको आवश्यकता नभएको जस्ता अभिव्यक्ति दिएकोमा दुःख व्यक्त गरे।

भट्टले कर्णाली प्रदेश कतारले एनसिसि कतार सङ्ग मिलेर विभिन्न सामाजिक आर्थिक कार्यहरु गरिरहेको र आगामी दिनमा सहकार्यका कार्यहरु अझ दृतरुपमा अगाडी बढ्ने छ्न भन्ने बिश्वास राख्दै आफ्ना मन्तव्य राखे ।

कार्यक्रममा उपस्थिति पत्रकार, कलाकारलाई सम्मान पत्र तथा एनआरएनए एनससिसि कतारलाई मायाँको चिनो द्वारा सम्मान गरिएको थियो ।

कार्यक्रमका सभापति मोतीलाल बुढा मगरले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गरे।

कार्यक्रमको सहजीकरण महासचिव शुरेस केसि र स्वागत मन्तव्य उपाध्यक्ष पुर्ण बहादुर रानाले गरेका थिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस