२०८२ पुष १ गते मङ्गलवार | 2025 December 16th Tuesday

अर्घाखाँची सेवा समाज कतारको अध्यक्षमा बालाराम पान्डे

दोहा : अर्घाखाँची सेवा समाज कतारको छैटौं अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ ।

“प्रवासमा अर्घाखाँची वासीहरु एक हौं, नेपाली समाजका लागी सहयोग गरौं” भन्ने उदेश्यका साथ सन : २००६ मा स्थापना गरिएको समाजको अधिबेशन सनैया स्थित फुलबारि रेस्टुरेन्टको सभाहलमा शुक्रबार सम्पन्न भएको हो ।

छैटौं अधिबेशनले बालाराम पान्डेको नेतृत्वमा १४  जनाको नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

प्रथम उपाध्यक्षमा अनिल परियार,द्वितीय उपाध्यक्ष शोभाखर भुषाल,महासचिब तिलक राम घिमिरे,

सचिव श्रीधर आचार्य, कोषाध्यक्ष कृष्ण कुमार बस्नेत र सह- कोषाध्यक्ष बाबुराम खड्का रहेका छ्न ।

कार्यसमितीको अन्य सदस्यहरुमा अनमोल परियार,बाबुराम पौडेल,राम कृष्ण परियार,कृष्ण ताम्राकार, तोज थापा,यम लाल बन्जाडे, बल बहादुर अधिकारी गरि १४ जना र पहिलो बैठकबाट ५ जनालाई मनोनित गरि १९ जनाको कार्यसमिति बन्ने जानकारी गराइएको छ ।

नयाँ कार्यसमितिलाई निर्वाचन समितिका संयोजक ठाकुर कुमार परियारले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

समाजका अध्यक्ष बिष्णु कुँवरको सभापतित्व तथा नेपाली दूतावास दोहा कतारका प्रथम सचिव कृशु क्षेत्रीको प्रमुख आथित्यमा गरिएको कार्यक्रममा, दूतावास कतारकै लेखा प्रमुख सीता खनाल ज्ञावलि, प्रमुख संरक्षक क्रान्ति सिंह, संरक्षक सदस्यहरु ठाकुर कुमार परियार, केदार भुसाल, राम प्रसाद पराजुली, एनआरएनए आइसिसीका उप महासचिव प्रवीण गुरुङ, विभिन्न तह तप्काका पदाधिकारीहरू, एनआरएनए एनसिसी कतारका उपाध्यक्ष कृष्ण पन्थी, लगायत कतारमा स्थापित विभिन्न वैचारिक सङ्घ संस्था, सामाजिक, संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अभियन्ता, बुद्धिजीवी लगायत थुप्रै जिल्लावासीहरूको उपस्थिति रहेको थियो ।

दिप प्रज्वलन,तथा व्यानर उट्घाटन गर्दै औपचारिक रुपमा सुचारु गरिएको कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष बालाराम पाण्डेले स्वागत मन्तव्य राखेका थिए भने कलाकार इस्वरि केसी भन्डारीले स्वागत नृत्य पस्केकी थिइन ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि क्षेत्रीले दोहाको नेपाली समाज खादा,माला र भाषणको लागि मात्रै सिमित होकि भन्ने आशंका व्यक्तगरे ।

यो बर्ष मात्रै ४७ जना नेपालीको मृत्यु भएको र १० जनाले आत्महत्या समेत गरेको जानकारी गराउदै क्षेत्रीले त्यस्तो अवस्था किन सृजना भएको छ । यस्को समाधान केहो ? दोहाको नेपाली संघ – संस्थाले कस्तो खाले समन्वयकारी भुमिका खेलीरहेका छ्न भन्दै जिज्ञासा् प्रकट गरे ।

दोहामा नेपालीले – नेपालीलाई ठगेका ९९ % निबेदन आउँन्छ्न । जहाँ सामाजिक संघ संस्थाको नेतृत्व गर्ने,खादा माला र श्रमिकको लागी चर्को भाषण गर्नेको नाम किन आउँदै छ भन्दै प्रश्न तेर्साए ।

क्षेत्रीले यहाँको भाषा,धर्म संस्कार सकृतीलाई सम्मान गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिदै कार्यक्रममा निमन्त्रणा गरेर आफ्ना भनाइ राख्न मौका दिएकोमा र सम्मान प्रती कृतज्ञता प्रकट गर्दै आउने नयाँ कार्यसमिति अझै चुस्त, दुरुस्त बनोस र जिल्लाको बिकासको निम्ति एकढिक्का हुन आग्रह गर्दै आफ्ना भनाइ राखेका थिए ।

अधिबेशनमा उपस्थितलाई आफ्नो प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गर्ने कलाकारहरूमा अस्मिता सुनार लामीछाने,रेस्मी बिस्वकर्मा,दिपेन्द्र सुनार, मोहन शाह, इन्दिरा शाह लगायतले भरपुर्ण साङ्गितिक प्रस्तुति दिए ।

कार्यक्रममा सबै कलाकार र पत्रकारहरु, विभिन्न विशिष्ट व्यक्तित्वहरू, विभिन्न संस्थाहरूलाई सम्मानसमेत समेत गरिएको थियो ।

समाजका महासचिव अनिल परियारले सहजीकरण गरेको कार्यक्रममा बोल्दै सभापती कुँवले आफ्नो कार्यकाल भरी विभिन्न तह तप्का बाट साथ सहयोग गर्ने, सहकार्य गर्ने सम्पूर्णमा आभार प्रकट गर्दै अधिवेशनको खुल्ला सत्रको कार्यक्रम समापन गरेका थिए ।

समाजले प्रवासमा मात्र सिमित नभएर देशमा आइपरेका विभिन्न दैविक प्रकोप,बाढी पिडित,आर्थिक अभावको कारण छट्पटाइ रहेका असाय, आगलागी पिडितहरुलाई आर्थिक सहयोग,एम्बुलेन्स सहयोग लगायतका कार्य गर्दै आएको छ।

 

 

 

 

प्रकाशित मिति : २०८१ चैत्र २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस