२०८२ बैशाख ६ गते शनिवार | 2025 April 19th Saturday

संस्थालाई सेवामुखी बनाउँ खादा,माला र भाषणलाई वर्जित गरौं : कृशु क्षेत्री

दोहा : नेपाली दूतावास कतारका प्रथम सचिव कृष्ण (कृशु क्षेत्रीले ) दोहाको नेपाली समाज खादा,माला र भाषणको लागि मात्रै होभने बन्दगर्न अनुरोध गरेका छ्न ।

आफ्नो दुई वर्षको कतार बसाइको अनुभवमा नेपाली समाजका प्रमुख तथा प्रतिनिधिहरूले सामाजिक सेवामा भन्दा भाषण र खाँदा मालामा बढी जोड दिएको बताए ।

अर्घाखाँची सेवा समाज कतारले आयोजना गरेको छैटौं अधिबेशनको क्रममा मन्तव्य राख्दै प्रमुख अतिथि समेत रहेका क्षेत्रीले दोहामा नेपालीले – नेपालीलाई ठगेका ९९ % निबेदन आउँन्छ्न । ठग्ने नेपालीहरूमा सामाजिक संघ संस्थाको नेतृत्व गर्ने,खादा माला र चर्को भाषण गर्नेको नाम आउने गरेको छ ।

यो बर्ष मात्रै ४७ जना नेपालीको मृत्यु भएको र १० जनाले आत्महत्या समेत गरेको जानकारी गराउदै क्षेत्रीले त्यस्तो अवस्था किन सृजना भएको छ । यस्को समाधान केहो ? दोहाको नेपाली संघ – संस्थाले कस्तो खाले समन्वयकारी भुमिका खेलीरहेका छ्न भन्दै जिज्ञासा् प्रकट गरे ।

एउटा नेपाली नागरिक को मृत्यु भयो, तर उसको मृत्युवरण किन र कसरी भयो यस कुरामा ध्यान दिदै आफ्नो जिल्ला,जात,धर्मलाई बिर्सेर,समग्रमा एउटा नेपाली दाजुभाइको नाताले हेर्दै खोज तलास साथ सहयोग गर्नुपर्ने बताए ।

हरेक हप्ता मनोरञ्जनात्मक केन्द्रित कार्यक्रम गरिरहनु भन्दा, नेपाली श्रमिक हरुसम्म पुगेर विभिन्न किसिमका श्रमिक मुखी जन चेतनामुलक कार्यक्रम गर्न क्षेत्रीले सबै संघ संस्थालाई सुझाव दिए ।

अनावश्यक अवैधानिक सामान ओसारपसार अनियमितता नगर्न अनुरोध गर्दै सम्बन्धित देशको नीति नियम र कानुन बमोजिम धर्म,सस्कृती,परम्परा ,सम्मान गर्दै अगाडि बढ्न आग्रह गरे । सम्पूर्ण नेपालीहरुलाई अभिभावकत्व निर्वाह गर्नु नेपाली दूतावास कतारको दायित्व हो त्यसैले यस्ता महत्त्वपुर्ण सुचना सबै सङ्गसंस्था सामु पुर्याउन क्षेत्रीले आग्रह गरे ।

प्रकाशित मिति : २०८१ चैत्र ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस