२०८३ भाद्र २२ गते सोमवार | 2026 September 7th Monday

“रमजानको महिना”

ईस्लाम धर्मावलम्बीहरूको पवित्र महुना रमजान यसै महिनाको पहिलो साताबाट शुरु भएको छ । हिजरी क्यालेन्डरको नवौं महिनालाई रमजान भनिन्छ।

चन्द्रमा वर्षको आधारमा चल्ने हिजरी सम्वत अनुसार रमजान महिना अधिकतम ३० र न्युनतम २९  दिनको हुन्छ।

यो महिनामा मुस्लिम समुदायले रोजा (उपवास/ब्रत) बस्ने गर्दछन् । उपवासलाई अरबीमा “सौम” भनिन्छ,  यो महिनालाई  माह-ए-सियाम पनि भनिन्छ।

“रोजा” फारसी शब्द हो। नेपाल लगायत दक्षिण एसियामा रमजानको ब्रतलाई रोजा भनेर बुझिन्छ ।

रोजा (उपवास/ व्रत) को दिन सूर्योदय अघि केही खाने गरिन्छ, जसलाई सहरी भनिन्छ। मुस्लिमहरुको रोजाको दिन दिनभरि केही नखाई सूर्यास्तपछि साँझमा रोजा तोडिन्छ, जसलाई इफ्तारी भनिन्छ।

मुस्लिम समुदायमा रमजानको सन्दर्भमा निम्न कुराहरू प्रायः देखिन्छन्।

रमजानलाई राम्रो कर्म वा पुण्य र पूर्ण क्रियाकलापहरूको वसन्त ऋतु सरह भनिन्छ।  यो महिनामा इस्लाम धर्मावलम्बीहरूले ब्रत बस्नुको साथै अधिकत प्रार्थना गर्ने गर्छन् । हुनेले दान दिने समेत प्रचलन छ।

यो महिना भरी समाजका गरिब र आवश्यक परेका मानिसहरूप्रति सहयोग र सहानुभूती दिन सके रोजा बस्नुको मान्यता पुरा हुने बिश्वास रहँदै आएको छ  । यो महिनामा रोजा (उपवास/व्रत ) राख्नेहरुका लागी इफ्तार ( खाना खुवाउने)  गराउन सके पाप क्षमा हुन्छ भन्ने मान्यता रहेको छ  ।

पवित्र कुरानको आदेश र ईस्लामका अन्तिम सन्देष्ठा हजरत मुहम्मद (उहाँमाथी शान्ती रहोस) को जीवन पद्दती  बमोजिम  पुर्ण आस्थाको साथ रोजा राख्छ, उसको विगतका सबै पापहरू क्षमा हुनेछन्। रोजाले व्यक्तीलाई आत्म-नियन्त्रण गर्न सिकाउँछ।

प्रकाशित मिति : २०७८ चैत्र २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस