२०८३ साउन २४ गते आइतवार | 2026 August 9th Sunday

कतारमा विदेशमा रहेका नागरिकहरुलाई `मताधिकार प्रदान सम्बन्धी´ अन्तरक्रिया कार्यक्रम हुन

दोहा -गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा यहाँ रहेका नेपाली नागरिकहरुलाई मताधिकार प्रदान गर्ने सम्बन्धी” अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त माननीय दिनेश कुमार थपलिया बिदेश भ्रमणको क्रममा केही समय कतारमा रहनु हुने हुँदा सोही समयलाई मध्यनजर गर्दै बिदेशमा रहेका नेपाली  नागरिकहरुलाई मताधिकार प्रदान गर्ने सम्बन्धी” अन्तरक्रिया कार्यक्रम हुन लागेको संघ कतारका महासचिव रबिन मगरले सुचना मार्फत जानकारी गराएका छ्न ।

अन्तरक्रिया कार्यक्रममा कतारमा स्थापित सम्पूर्ण संघसंस्था प्रमुख तथा प्रतिनिधि, पत्रकार , सामाजिक अभियन्ता लगायत लाई सस्थागत निमंत्राको लागि इमेल गरिएको र यदि प्राप्त नभएको खण्डमा प्रेशित सुचनालाई आधार मानेर कार्यक्रममा उपस्थिती जनाउनको लागि मगरले आग्रह गरेका छ्न ।

कार्यक्रम यहि १७ सेप्टेम्बर २०२३ आइतबारको दिन नेपाली राजदूतावास कतारको सभाहलमा बेलुकी ६ बजेदेखि सुचारु हुने गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस