२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

खाडी मुलुकका नेपालीहरुले हाम्रो तलब भत्ता धानेका छन:लिङ्गदेन

दोहा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा पूर्व उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्गदेनले खाडी मुलुकका नेपालीहरुले देशको राष्ट्रपति देखि वडा सदस्यहरु सम्मको तलब भत्ता धानीरहेको बताएका छन।

दोहा स्थित नेपाली राजदूतावास कतारमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै लिङ्गदेनले खाडी मुलुकबाट पठाएको रेमिट्यान्सले ३६ हजार भन्दा जनप्रतिनिधिको तलब भत्ता धानीरहेको बताएका हुन।

कतारमा विभिन्न पेशा व्यवसायमा रहेका नेपालीहरु सँगअन्तर्क्रिया गर्दै लिङ्गदेनले भूगोल बाहिरको नेपालीहरुले रेमिट्यान्स नपठाउने हो भने अर्थतन्त्रको हिसाबले नेपालले पहिले नै टांट पल्टिँ सक्ने बताए।

उनले भने “नेपाललाई अर्थतन्त्रको हिसाबले उभयाई राखेको छ भने त्यो भूगोल बाहिरको नेपालीहरुले हो”

उनले भूगोल बाहिरको नेपाल र नेपालीहरु सबभन्दा बढी देशको बारेमा चिन्तित भएको पनि बताए।

कार्यक्रममा नेपाली दूतावासका महामहिम नरेन्द्र बिक्रम ढकाल,नेपाली दूतावासका प्रथम सचिव कृष्ण कुमार सुवेदी लगायत कतारमा विभिन्न संघसंगठनका प्रमुख तथा प्रतिनिधि गरि दर्जनौंको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस