२०८३ साउन १८ गते सोमवार | 2026 August 3rd Monday

एनआरएनए कतारको आयोजनामा बृहत इफ्तार कार्यक्रम सम्पन्न

दोहा– गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा बृहत इफ्तार कार्यक्रम सम्पन्न भएको छ ।

गत बुधबार मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमादानको शुभकामना आदानप्रदान सहित इफ्तार कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली राजदुतावास कतारका कार्यवाहक राजदुत लक्षमण खनालले एनआरएनए कतारले कतारमा स्थापित संघ-संस्थाहरुको नेतृत्व गर्दे मानवीय सेवा संगै विभिन्न जात, धर्म, समुदाय,भूगोलका बिचमा भाइचाराको सम्बन्ध बनाई राखेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए ।

कार्यक्रममा कतारको सामुदायिक प्रहरीका प्रतिनिधि लेप्टिनेन्ट अब्दुल अजिज अल मोहन्दीले नेपाली समुदायले कतारको विकासमा ठूलो भुमिका खेलेको भन्दै कतारले सदैव सम्मान गर्ने बताए ।

कार्यक्रममा नेपाली राजदुतावासका लेवर कन्सुलर कृष्ण खनाल, द्वितीय सचीव प्रवीण भट्टराई, एनआरएनए आइसिसी उपाध्यक्ष आरके शर्मा, नरेन्द्र भाट, युवा उपाध्यक्ष राज रेग्मी, सचीव प्रवीण गुरुङ लगायत विभिन्न जिल्ला प्रदेश तथा सामुदायिक संस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा कतारमा स्थापित संघ-संस्था संगै भारत लगाएतका देशका समुदायका प्रतिनिधिहरुको सहभागीता रहेको थियो।

संघका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको अध्यक्षतामा भएको कार्यक्रममा मौलाना अब्दुल मोबिन र मौलना सरिफ तायमीले कुरानको बारेमा जानकारी गराएका थिए ।

उक्त कार्यक्रमको संचालन भने महासचिव पदम गिरिले गरेका थिए ।

-तस्वीर: तिलु शर्मा  (FNJ कतार न्युज)

 

प्रकाशित मिति : २०७९ बैशाख ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस