२०८३ जेष्ठ २८ गते बिहिवार | 2026 June 11th Thursday

एनसीसी कतारको आयोजनामा टीका ग्रहण कार्यक्रम सप्पन्न(फोटो फिचर सहित )

दोहा – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा टीका ग्रहण कार्यक्रम सप्पन्न भएको छ।

नेपाली राजदूतावासको सभाहलमा सम्पन्न कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख, प्रतिनिधि लगायत कतारमा रहेका नेपालीहरूको वाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्ट, आइसीसी पूर्व उपाध्यक्ष सागर नेपाल, एनसिसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थी लगायतले उपस्तिथितहरुलाई टिका तथा जमरा लगाई दिएका थिए ।

असत्यमाथि सत्यको विजयको खुसियालीका रुपमा मनाइने विजया दशमीमा आफू भन्दा ठूला तथा आफ्ना मान्यजनबाट टीका तथा आर्शिवाद लिने गरिन्छ।

प्रकाशित मिति : २०८० कार्तिक ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस