२०८३ भाद्र २३ गते मङ्गलवार | 2026 September 8th Tuesday

नेपाली जनसम्पर्क समिती कतारद्वारा “बृहत् इफ्तार कार्यक्रम सम्पन्न

दोहा-नेपाली जनसम्पर्क समिती कतारले”बृहत् इफ्तार कार्यक्रम सहित शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न गरेको छ ।

इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसरमा नेपाली जनसम्पर्क समिती कतारले”बृहत् इफ्तार कार्यक्रम सहित शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न गरेको हो।

न्यु सलाता स्थित कतार च्यारिटीको हलमा आयोजना गरिएको कार्यक्रममा जनसम्पर्क समिति कतारका कार्यबाहक सभापती ठाकुर कुमार परियारको सभापतित्व तथा कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा इस्लामिक धर्मावलम्बीहरु तथा मौलानाहरु, एन आर एन ए एन सि सी कतार, वैचारिक संगठन, लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

जनसम्पर्क समिती कतारका सह-महामन्त्री खगेन्द्र खनालको स्वागत मन्तव्य रहेको कार्यक्रमको शुभारम्भ मौलाना ईशहाक नदबिले कुरान तिलावतबाट गरेका थिए ।

कार्यक्रममा मौलाना नजिर मियाले रमजान महिना र रोजाको महत्त्वका बारे बयान गरेका थिए । त्यसैगरी मौलाना काशिम राइनले इस्लाम धर्म र हिन्दु धर्मका समानताका बुँदामाथी प्रकाश पारेका थिए।

कार्यक्रमको सहजीकरण संस्थाका महामन्त्री केदारनाथ भुसालले गरेका थिए।

प्रकाशित मिति : २०८० चैत्र २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस