२०८३ साउन २ गते शनिवार | 2026 July 18th Saturday

प्रेमप्रसाद भट्टराईको एकल गजल वाचन कार्यक्रम सम्पन्न

काठमाडौं, ८ पौष २०८१ आइतबार

कवि, गीतकार तथा गजलकार प्रेमप्रसाद भट्टराईको एकल गजल वाचन कार्यक्रम  सम्पन्न  भएको छ । गोधूली साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रम भट्टराईका   गजल वाचन गर्दै तरन्नुममा प्रस्तुत गदै काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा सम्पन्न भएको हो  l

कार्यक्रममा दि भ्वाइस अफ नेपालका प्रथम विजेता सि. डि. विजय अधिकारीले भट्टराईका गजल गाएर थप रौनकता प्रदान  गरेका थिए । कार्यक्रमको सहजीकरण चर्चित गजलकार बाबू त्रिपाठीले गरेका थिए भने संयोजन कवि प्रज्वल अधिकारीले गरेका थिए।

कतारमा प्रवास जीवन बिताउँदै साहित्यिक संघसंस्था र संगठनमा सक्रिय भूमिका निभाएका भट्टराईलाई गोधूली साहित्य प्रतिष्ठानका अध्यक्ष प्रकाश समीरले “गोधूली साहित्य सम्मान २०८१” बाट सम्मानित गरे। त्यस्तै, गायक तथा संगीतकार सि. डि. विजय अधिकारीलाई पनि फूलका माला र मायाको चिनोले सम्मान गरिएको थियो।

कार्यक्रममा वरिष्ठ साहित्यकार कृष्ण अविरल, अनेसास केन्द्रीय एसिया उपाध्यक्ष सरिता अर्याल, अनेसास कतारका अध्यक्ष लेख कार्की, नवोदित साहित्यिक वाचनालय कतारका पूर्व अध्यक्ष इन्द्रमणि नेपाललगायत थुप्रै साहित्यप्रेमी, कलाकार र व्यक्तित्वहरूको उपस्थिति थियो।

प्रकाशित मिति : २०८१ पुष ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस