२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

शुक्रबार १० जनवरी हुने कार्यक्रमहरु

अनुमानित लागत खर्च ५० हजार लाग्ने

दोहा ।  शुक्रबार १० जनवरी २०१५ मा कतारमा रहेका ६ नेपाली सङ्घसंस्थाहरूले आफ्ना कार्यक्रम गर्ने भएका छन् ।

 स्थापना दिवस, अधिवेशन, साधारण सभा, जन्मजयन्ती तथा साहित्यिक कार्यक्रम जस्ता कार्यक्रम हरुले यो हप्तामा कतारी रियल   ५० हजार सम्म खर्च गर्ने अनुमान गरिएको छ।

हरेक हप्ता हुने यस्ता कार्यक्रमहरूमा न्यूनतम नेपाली रुपैयाँ ५ लाखदेखि नेपाली १५ लाखसम्म, अझै प्रमुख सङ्घसंस्थाहरुले गर्ने कार्यक्रमहरू हुने बेला जोड्ने हो भने लगभग २५ लाखसम्म खर्च  अनुमान रहेको छ ।  सेवाका नाममा खुलेका  सङ्घसंस्थाहरुले यसरी हप्तैपिच्छे खर्च गर्दै गर्दा नेपाली श्रमिकहरुले श्रम गरी कमाएको श्रमको ठूलो हिस्सा यस्तै कार्यक्रममा खर्च भइरहेको पाईन्छ।

यस बिषयमा सामाजिक सेवामा लागेका कतारका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले एकपटक सुक्ष्म तरिकाले सोच्नुपर्ने भएको छ ।फरकफरक शैली, सचेतना, सेवा र साहित्य तथा अन्य विषयमा हुने  यो हप्ताको कार्यक्रमहरू यसप्रकार रहेका छन्।

१ ) प्रवासी नेपाली एकता समाज ( पानस ) को आयोजनामा ३०३ औं पृथ्वी जयन्ती ।

२ ) अन्तर्राष्ट्रिय नेपाली समाज कतारको चौथो अधिबेशन

३ ) थारु कल्याणकारी सभा कतार च्याप्टरको मागी पर्व

४) अनेसास नबोदितको १५४ औं डवली कार्यक्रम

५ ) रोल्पाली सेवा समाज कतारको छैटौ  बार्सिक उत्सव

६ ) तेह्रथुम सेवा समाज कतारको चौथो अधिबेशन

प्रकाशित मिति : २०८१ पुष २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस