२०८३ असार ४ गते बिहिवार | 2026 June 18th Thursday

कतारका सफल व्यवसायी महेन्द्र चम्लागाईं बने अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष

दोहा, कतार

अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौँ अधिवेशन यही अक्टोबर १० तारिखका दिन बिर्तामोडस्थित होटल किङ्सबेरीमा सम्पन्न भएको छ। अधिवेशनले कार्यकाल २०२५–२०२७ का लागि सर्वसम्मतरूपमा व्यवसायी श्री महेन्द्र चम्लागाईंलाई नयाँ अध्यक्षका रूपमा चयन गरेको छ।

अध्यक्ष चम्लागाईं हाल नेपाली व्यवसायी संघ, कतारका अध्यक्ष हुन्। उनी कतारमा विगत ३ दशकभन्दापनि लामोदेखि सफल व्यवसाय सञ्चालन गर्दै आएका एक बहुप्रतिष्ठित नेपाली व्यवसायी हुन्। आफ्ना व्यवसायिक उद्यमहरू मार्फत चम्लागाईंले सयौँ नेपालीहरूलाई रोजगारीका अवसर प्रदान गर्दै आएका छन्।

 

अधिवेशनले संस्थाको विगतका गतिविधिहरूको समीक्षा गर्दै आगामी कार्ययोजना तय गरेको छ। साथै, प्रवासमा रहेका झापालीहरूबीच आपसी सहयोग, एकता र पहिचान प्रवर्द्धनमा समाजले अझ सक्रिय भूमिका खेल्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए। कार्यक्रममा पूर्वअध्यक्षहरू, पदाधिकारी, विश्वभरका प्रतिनिधीहररु, तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

नव–निर्वाचित अध्यक्ष चम्लागाईंले पदभार ग्रहण गर्दै समाजलाई अझ सशक्त, समावेशी र प्रवासी झापालीहरूको साझा मञ्चका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२ असोज २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस